मनास्लु पब्लिक स्कुलमा अवाकस प्रतियोगिता, अभिभावकले दिए यस्तो प्रतिक्रिया

काठमाडौं – काठमाडौंको नयाँबजारमा रहेको मनास्लु पब्लिक सेकेन्डरी स्कुलमा ‘स्कुल लेबल अवाकस प्रतियोगीता’ सम्पन्न भएको छ ।

बालविकास एनसीमास संस्थासंगको सहकार्यमा मंगलबार प्रतियोगीता सम्पन्न गरिएको हो । प्रतियोगितामा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरु सहभागी भएका थिए ।

अवाकस प्रतियोगिता सकिएलगत्तै प्रतिक्रिया दिँदै विद्यालयका कार्यकारी निर्देशक जेबी दवाडीले अवाकसले विद्याथीएको शिक्षण सिकाई क्रियाकलापमा निक्कै सहयोग गरेको प्रतिक्रिया दिए । यो प्रणालीमार्फत सिकाई अघि बढाउँदा गणितमा निक्कै कमजोर विद्यार्थीहरुले पनि सजिलै गणितीय अभ्यास गर्न सकेको बताए । २३ वर्षदेखि संचालनमा आएको मनास्लु पब्लिक सेकेन्डरी स्कुलले बालबालिकाहरुका लागि यस्ता थुप्रै कार्यक्रमहरु अघि बढाउने सोच राखेको उनले बताए ।

अभिभावकहरुले पनि अवाकसले गर्दा आफ्ना छोराछोरीले पहिलेको तुलनामा गणितीय अभ्यास सजिलै गर्न थालेको प्रतिक्रिया दिएका छन् । मनास्लु पब्लिक स्कुलमा दुई सन्तानलाई पठन पाठन गराउँदै आएका अभिभावक एकराज कडेरिया अवकासमार्फत बालबालिकाको शिक्षण सिकाई क्रियाकलाप अघि बढाईएकोमा खुशी व्यक्त गरे । गणितीय समस्याको समाधानका क्रममा बालबालिकाहरु कमजोर बन्दै गएको अवस्थामा अवकास प्रणाली कोशेढुंगा सावित भएको र अरु स्कुलले पनि अवकास लागु गराउनु पर्ने उनको भनाइ छ ।

बालबिकास एनसीमास संस्थाका म्यानेजर सुजित पाण्डेले बालबालिकाहरुले अवाकसमार्फत शिक्षण सिकाईमा राम्रो लाभ लिईरहेको बताए । मोबाईलमा बालबालिकाहरुको लत बसिरहेको समयमा यसले अतिरिक्त क्रियाकलापमा ध्यान दिनसमेत सहयोग पुगिरहेको उनले बताए । फागुनमा राष्ट्रियस्तरको प्रतियोगिता हुने र त्यसका लागि अहिले छानिएका विद्यार्थीहरु सहभागी हुन पाउने उनले बताए ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढ्दो छ ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको