पर्यटनमन्त्री किराँतीले एक वर्षमा के- के गरे उपलब्धि ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।

मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री भइसकेपछि करिव १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको बताए।

उनले आफू मन्त्री भइसकेपछि एक महिनामा इ टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रहरुमा उडाउन तीन वटा जहाज खरिद प्रक्रियामा अघि बढिरहेको बताए। उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गरी सञ्चालन गर्न लागिएको र योसँगै ६ वटा जहाज हुने बताए।

उनले भने, ‘वायुसेवा निगमको कुरा गर्ने हो भने आएको एक महिनामा इ टिकेटिङ लागू गरेका थियौँ। अहिले भर्खरै मात्रै तीन वटा जहाज खरिद प्रक्रियामा दुर्गम क्षेत्रमा उड्ने जहाजहरु खरिद प्रक्रियामा अघि बढीरहेका छौँ। १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्विनअटर जहाजलाई पुनः मर्मत गर्दैछौँ र चाँडै सञ्चालनमा ल्याउनेछौँ। त्यसपछि ६ वटा जहाज हुनेछन् ।’

उनले हवाई उडान हुन नसकेको २२ वटा खालि एयरपोर्टहरुमा सहज ढंगले सञ्चालन गर्ने काममा पनि आफू सफल भएको बताए।

उनले थन्किएर बसेका चिनियाँ जहाज लिलामी प्रक्रियामा अघि बढ्नुलाई पनि उपलब्धिका रुपमा राखेका छन्। त्यस्तै, पशुपतिमा निशुल्क विद्युतीय शवदाह मेसिन जडान र लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राख्नु पनि पर्यटनमन्त्रीले एकवर्षे उपलब्धि देखाएका छन्।

‘चिनियाँ जहाज थन्किएर रहेको थियो, त्यसलाई राख्दा पनि इन्स्योरेन्स र पार्किङ शुल्क तिर्नुपर्ने भएकाले त्यसको लिलामी गर्न टेण्डर आह्वान गरेका छौँ’ उनले भने, ‘पशुपति क्षेत्रमा अहिले निःशुल्क दहन गर्नेगरी विद्युतीय मेसिन जडान गर्नेगरी अन्तिम चरणमा पु¥याएका छौँ । लुम्बिनी क्षेत्रको कुरा गर्ने हो भने हामीले तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न अन्तिम बिन्दुमा पुगेका छौँ ।’

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको