ग्यालेक्सी फोर-केका सञ्चालकसहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने

काठमाडौं – सम्पर्क विहीन ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’ सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने पत्राचार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिए। कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो। अब इन्टरपोल शाखाले इन्टरपोलको हेडक्वाटरलाई पत्राचार गर्ने छ ।

उनीहरू नेपाल छोडेर विदेश भागेको आशंका भएपछि इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पहिलो चरणमा अध्यक्ष जीबी राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढा मगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको प्रहरीले जनाएको छ ।

जिबी राई ग्यालेक्सी फोर-केका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत् ठगी गरेको समेत आरोप छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको उजुरी छ। त्यसबाहेक पनि उजुरी आउनेक्रम जारी नै रहेको प्रहरीले जनाएको छ।

सिफारिस

 माघ ३ देखि दक्षिणकालीमा दोस्रो शहीद मानबहादुर स्मृति कप हुने

फर्पिङ — दक्षिणकाली नगरपालिकामा ‘दोस्रो शहीद मानबहादुर स्मृति कप २०८२’ वडास्तरीय फुटबल प्रतियोगिता माघ ३ गतेदेखि सुरु हुने भएको छ। शहीद मानबहादुर स्मृति प्रतिष्ठानको...

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व...

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

धेरै पढिएको