ग्यालेक्सी फोर-केका सञ्चालकसहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने

काठमाडौं – सम्पर्क विहीन ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’ सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने पत्राचार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिए। कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो। अब इन्टरपोल शाखाले इन्टरपोलको हेडक्वाटरलाई पत्राचार गर्ने छ ।

उनीहरू नेपाल छोडेर विदेश भागेको आशंका भएपछि इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पहिलो चरणमा अध्यक्ष जीबी राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढा मगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको प्रहरीले जनाएको छ ।

जिबी राई ग्यालेक्सी फोर-केका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत् ठगी गरेको समेत आरोप छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको उजुरी छ। त्यसबाहेक पनि उजुरी आउनेक्रम जारी नै रहेको प्रहरीले जनाएको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको