एनएफपिजे बागमती प्रदेशकाे निर्वाचित कार्यसमितिले लिए सपथ

काठमाडौँ – राष्ट्रिय फाेटाे पत्रकार समूह, नेपाल(एनएफपिजे) बागमती प्रदेशकाे निर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

निर्वाचन समितिका संयोजक तथा केन्द्रीय कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले बुधबार केन्द्रीय कार्यालय अनामनगरमा एक कार्यक्रमका बीच उनीहरूलाई सपथ ग्रहण गराएका हुन् । सो अवसरमा केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले निर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिए।

मङ्सिर २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले अध्यक्षमा पुनः नारायण सिलवाल, उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकी केरिना शाक्य सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै प्रदेश समितिको सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्वव श्रेष्ठ निर्वाचित भएका थिए ।

आजै  प्रदेश कार्यसमितिको पहिलो बैठक पनि बसेको छ।  बैठकले जिल्ला शाखा गठन गर्न बाँकी रहेका जिल्लाहरुकाे फागुन मसान्तसम्म गरि सक्ने र भएका शाखामा पनि छिट्टै अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बागमती प्रदेश स्तरीय फाेटाे अवार्ड तथा फाेटाे पुस्तक प्रकाशन गर्ने, केन्द्रीय विधान अनुसार सदस्यता विस्तार गर्ने लगायतका निर्णयसमेत गरेको छ ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको