मदन पुरस्कार विजेता पूर्वडीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ – पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । यसको सजाय निर्धारण भने पुस २५ गते गरिने अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेशविक्रम शाह लगायत ४ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो । शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।

शाहसहित लेखापाल प्रहरी नायब निरीक्षक पनेरु, लेखा सहायक (प्रहरी हवल्दार) केशवसिंह ऐर र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखेमाथि आर्थिक अनियमितता गरेको भन्दै आरोपपत्र दायर गरिएमा ऐर र विशंखेले भने सफाइ पाएका छन् ।

शाह, पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा अन्यत्र सरुवा भइसकेका प्रहरी जवानहरूको ०७२ साल माघ र फागुन महिनाको तलब भत्ता भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अरोपपत्र दायर गरिएको अख्तियारको दाबी थियो ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत हुँदा आर्थिक वर्ष २०७२/०७३ मा शाह कार्यालय प्रमुखको रुपमा कार्यरत थिए भने पनेरु लेखापाल प्रहरी नायब निरीक्षक तथा ऐरी लेखा सहायक पदमा कार्यरत थिए ।

उनीहरुले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलब र भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरूको माघ र फागुन महिनाको तलब भत्ता रु ३१,८८,४६८ र २०७२ माघ १८ गतेको पत्रले ०७२ साल माघ ३ गतेबाट तलब भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको रु १,४९,६१६ गरी जम्मा ३३,३८,०८४ तलब भत्ता तलबी भरपाईमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरेको पुष्टि भएको अख्तियारको दाबी थियो ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर भएको प्रमाणित भएकोले उनीहरूमाथि ३३,३८,०८४ असुल उपरका लागि मागदाबी समेत गरिएको थियो ।

पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर (कालिमाटी) निवासी हुन् । उनको घर कैलाली र काठमाडौँको महाराजगञ्जमा समेत रहेको छ भने उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् । उनले यसका लागि वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको