पाथीभरामा ५ महिनामै साढे आठ करोड भेटी संकलन

ताप्लेजुङमा अवस्थित धार्मिकस्थल पाथीभरामा चालु आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको छ।

भक्तजनले पाथीभरामा चढाएको रकम भेटीको रुपमा संकलन भएको हो। पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रूपैयाँ भेटी रकम संकलन भएको छ।

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रूपैयाँ संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

सकंलित भेटी रकममध्ये चालु आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ।

सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ।

खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए।

बैंकमा मुद्दती खातामा ६ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रूपैयाँ रहेको समितिले जानकारी दिएको छ। रासस

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको