पाथीभरामा ५ महिनामै साढे आठ करोड भेटी संकलन

ताप्लेजुङमा अवस्थित धार्मिकस्थल पाथीभरामा चालु आर्थिक वर्षमा साढे आठ करोड रूपैयाँ भेटी संकलन भएको छ।

भक्तजनले पाथीभरामा चढाएको रकम भेटीको रुपमा संकलन भएको हो। पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मंसिर मसान्तसम्ममा आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ रूपैयाँ भेटी रकम संकलन भएको छ।

पछिल्लो दुई महिना अर्थात् कात्तिक र मंसिरमा मात्र ६८ लाख ११ हजार एक सय १० रूपैयाँ संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए।

सकंलित भेटी रकममध्ये चालु आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ।

सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ।

खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिए।

बैंकमा मुद्दती खातामा ६ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार चार सय ४० रूपैयाँ रहेको समितिले जानकारी दिएको छ। रासस

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको