पशुपतिको कार्यकारी निर्देशक लक्ष्मी पुन हिन्दु कि क्रिश्चियन ?

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषमा हालै कार्यकारी निर्देशकमा नियुक्त भएकी लक्ष्मी पुन हिन्दु हो कि क्रिश्चियन धर्मावलम्बी भन्दै सांसदहरुबिच चर्काचर्की परेको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी बोलाएर पुनको नियुक्तिको विषयमा प्रश्न गरेको थियो ।

छलफलको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले कार्यकारी निर्देशक पुन क्रिश्चियन धर्मावलम्बी रहेको उनी बस्ने घरको महिलाले बताएको दाबी गर्दै उनको नियुक्ति आपत्तिजनक रहेको तर्क गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि उनको योग्यतामाथि प्रश्न उठाए ।

खनालले प्रश्न उठाएपछि माओवादी सांसद छिरिङ ल्ह्यामु तामाङले प्रतिवाद गरिन् । उनले धर्मनिरपिक्षताको लागि लडाई लडेको र महिला भएका कारण पुनमाथि यस्ता प्रश्न उठाउन नहुने बताइन् ।

उनले भनिन्,‘हामी धर्म निरपेक्ष राज्यमा छौँ । हाम्रो संविधान र कानुनले सबै धर्मलाई सम्मान गर्नुपर्छ भन्छ । लक्ष्मी पुनलाई सामाजिक सञ्जालमा क्रिश्चियन धर्मावलम्बी भनेर जुन आक्षेप लगाइयो त्यो के आधारमा लगाइएको हो ? कुन तथ्याङ्कमा टेकेर लगाइएको हो ? यो प्रष्ट गरिदिनुपर्‍यो । उहाँ हिन्दु धर्मप्रति आस्था राख्ने मान्छे हो भनेर हामीले बुझेका छौँ । उहाँले जुन विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ, पशुपति विकास कोषले तत्कालै त्यहाँ चिठी पठाउनुपर्‍यो । उहाँको शैक्षिक योग्यताको सत्यतथ्य छानबिन गरोस् । तर एउटा महिलामाथि, जनजाति महिलामाथि, कर्णालीको चेलीमाथि यो किसिमको दुर्व्यवहार, अपमान गरिएको छ । यसप्रति मेरो घोर आपत्ति छ ।’

सांसद तामाङले बोलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर राणाले पुनको धर्म र योग्यतामाथि प्रश्न उठाए । उनले यी दुवै पक्षमा छानबिन गर्न माग गरे ।

सांसद राणाले भने,‘मैले महिला भएको कारणले महिलामाथि कुनै आलोचना वा टिप्पणी गर्न खोजेको होइन, अर्को अर्थ नलगाउनु होला । तर व्यापक रुपले बजारमा लक्ष्मी पुन क्रिश्चियन धर्ममा विश्वास गर्ने व्यक्ति हो भनेर व्यापक रुपले प्रचार छ । उहाँ बस्ने घरमा डेरामा बस्ने महिला जसको म नाम लिन चाहन्न, उहाँले पनि भन्नुभयो । यो विषय गम्भीर छ, उहाँ साँच्चै क्रिश्चियन धर्ममा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने यो सरकारले अनर्थ गरेको हो । हाम्रो विश्वासमाथि सरकारले कुठाराघात गरेको हो । यसमा छानबिन हुनुपर्छ ।’

उनले विश्वका सम्पूर्ण हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु पशुपतिनाथको सञ्चालन गर्ने कार्यकारी निर्देशक हिन्दु धर्मको हुनुपर्ने बताउँदै यसमा राम्रोसँग छानबिन गर्नुपर्ने बताए ।

उनले अगाडि भने,‘उहाँ क्रिश्चियन धर्मावलम्बी हो भने यो राज्यले गरेको घोर अन्याय र ठूलो अत्याचार ठहर्छ । उहाँ हिन्दु नै हो भने त्यो विषयमा मलाई केही भन्नु छैन । अर्को कुरा उहाँको योग्यताको विषयमा पनि चर्चा चलेको छ, उहाँको सर्टिफिकेटहरु हेर्नुपर्‍यो, त्यो ओरिजिनल छ कि छैन त्योपनि ठम्याउँनुपर्यो । कोषको निर्देशिकामा जे–जे मापदण्ड छ त्यसलाई गम्भीरताका साथ ध्यान दिनुपर्‍यो । यो चानचुने विषय हैन, हिन्दु धर्मावलम्बीले यो विषयलाई गम्भीरता पूर्वक लिएका छन् ।’

सांसद राणाले बोलेपछि समिति सभापति राजकिशोर यादवसँग समय लिएर फेरि सांसद छिरिङले पुन महिला भएको आधारमा उनीमाथि प्रश्न गर्न नहुने बताइन् । उनले पुन क्रिश्चियन नभएको र षडयन्त्रमूलक ढंगले यो कुरा आएको बताइन् । छिरिङले भनिन्,‘उहाँ हिन्दु हो क्रिश्चियन हैन, उहाँलाई हटाएर अर्को मान्छे ल्याउन षडयन्त्र भइरहेको हो । यसरी एउटा महिलामाथि प्रहार गरेको सुहाउँदै सुहाएन । महिलामाथि हामीले यसरी राजनीति गर्नु हुँदैन । यदी त्यसो गर्ने हो भने लुम्बिनी विकास कोषमा ९५ प्रतिशत हिन्दुहरू छन्, त्यहाँ पनि विरोध गर्ने त ?’

समिति बैठकमा पुनको नियुक्तिको विषय आफूलाई थाहा नभएको र त्यसबारे अध्ययन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्लेले बताए ।

समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु, निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरण लगायतका सामग्री ३ दिनभित्र उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको