हर्क साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर राखे किराती राजाको तस्वीर

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए ।

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !’, मेयर साम्पाङले लेखेका थिए ।

गैरदलीय उम्मेदवारी दिएर मेयर जितेका साम्पाङले केही दिनयता संघीय सरकारविरुद्ध कडा शब्दमा स्टाटस लेख्दै आएका थिए । बुधबार मात्रै उनले लेखेका थिए, ‘लडेर प्राप्त गर्ने अवस्थालाई अधिकार भनिन्छ ! दयाले दिइएको त भिक्षा हो !’

कार्यकक्षमा यलम्बरको तस्वीर राखेकोमा भन्दा पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर हटाएकोमा उनको विरोध भइरहेको छ । धरानका राजनीतिक दलहरुले संयुक्त बक्तव्य जारी गरी मेयर साम्पाङको कदमप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले साम्पाङलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।

‘..संविधान र राष्ट्रपति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख/राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्वीर यथास्थानमा राख्न हुन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ । दलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरलाई राष्ट्रिय प्रतीकका रुपमा राख्दै आएकाले निर्णय सच्याउन भनेका छन् ।

तर मेयर साम्पाङले कसैको आग्रह नसुनी कार्यकक्षको तस्वीर फेरेका छन् । ‘मैले पनि फोन गरेँ, तर उठेन । अरु कुरा हुन सकेको छैन’, धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले भने । यलम्बरको तस्वीर कार्यकक्षमा राखेपछि साम्पाङले बिहीबार एक ज्ञापनपत्र बुझेका थिए । त्यसपछि कार्यकक्षमा ताला लगाएर निस्किए ।

उनको यस्तो निर्णयप्रति विशेषगरी सामाजिक सञ्जालमा विरोध भइरहेको छ । तर स्टाटस धेरै लेखेरै विवादमा आइरहने मेयर साम्पाङले प्रतिक्रिया जनाएका छैनन् ।

कार्यकक्षको तस्वीरलाई लिएर यसअघि अरु जनप्रतिनिधि पनि चर्चामा आएका थिए । काठमाडौं महानगरका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको