विभूती स्कुलमा अबाकस प्रतियोगिता सम्पन्न, विद्यार्थीले देखाए यस्तो कला

काठमाडौं – काठमाडौंको ढुंगेधारामा रहेको विभूती सेकेन्टरी स्कुलमा ‘स्कुल लेबल अबाकस प्रतियोगिता’ सम्पन्न भएको छ । बालविकास एनसीमास संस्थासंगको सहकार्यमा बिहीबार प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगीतामा सहभागी भएका बालबालिकाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

त्यसक्रममा बालबालिकाहरुले अबाकसमार्फत गणितीय समस्याको हल गरेका थिए । केही गणितीय समस्याको समााधानलगत्तै उनीहरुलाई प्रतियोगितामा सामेल गराईएको थियो ।

अबाकसले आफूहरुको सिकाईमा निक्कै ठूलो सहयोग गरिरहेको बालबालिकाहरुले प्रतिक्रिया दिएका छन् । आफूहरुलाई गणितीय समस्याको हल गर्न अबाकसले सजिलो बनाएको उनीहरुले बताए ।

अवाकस प्रतियोगिता सकिएलगत्तै प्रतिक्रिया दिँदै अभिभावकहरुले पनि आफ्ना बालबालिकाको स्मरणशक्ति बढेको प्रतिक्रिया दिएका छन् । विद्यालयले यस्ता अरु थुप्रै कार्यक्रमहरु ल्याउनुपर्ने भन्दै उनले आफ्ना बालबालिकाका लागि अबाकस निक्कै उपयोगी भएको बताएका छन् ।

विद्यालयका प्रिन्सिपल राजेश्व श्रेष्ठले विद्यालयमा अबाकस राखिसकेको बाबुनानिहरुमा सिक्ने फरक खालको उत्साह जागेको बताए । अबाकसले मेडिटेशनल पावर डेभलप गर्ने काम गरेको भन्दै उनले यसबाट अभिभावकहरु पनि निककै खुशी भएको बताए । बालबिकास एनसीमास संस्थाका तेजु नेपालले विभुती सेकेन्डरी स्कुलमा बालबालिका र अभिभावकको सहभागीता देखेले आफूहरु निक्कै उत्साहित भएका बताएका छन् । अरु थुप्रै विद्यालयमा अबाकस लिएर जाने आफूहरुको सोच रहेको भन्दै उनले विभूतीबाट छानिएका ३ जनालाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराईने बताए । अबाकस अन्तर्राष्ट्रियस्तरको सिकाई प्रणाली भएकोले यसमा नेपाल सरकारले पनि गम्भीरताका साथ लिनुपर्ने उनले बताए ।

फागुनमा राष्ट्रियस्तरको प्रतियोगिता हुने र त्यसका लागि अहिले छानिएका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ। बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढ्दो छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको