विभूती स्कुलमा अबाकस प्रतियोगिता सम्पन्न, विद्यार्थीले देखाए यस्तो कला

काठमाडौं – काठमाडौंको ढुंगेधारामा रहेको विभूती सेकेन्टरी स्कुलमा ‘स्कुल लेबल अबाकस प्रतियोगिता’ सम्पन्न भएको छ । बालविकास एनसीमास संस्थासंगको सहकार्यमा बिहीबार प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगीतामा सहभागी भएका बालबालिकाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

त्यसक्रममा बालबालिकाहरुले अबाकसमार्फत गणितीय समस्याको हल गरेका थिए । केही गणितीय समस्याको समााधानलगत्तै उनीहरुलाई प्रतियोगितामा सामेल गराईएको थियो ।

अबाकसले आफूहरुको सिकाईमा निक्कै ठूलो सहयोग गरिरहेको बालबालिकाहरुले प्रतिक्रिया दिएका छन् । आफूहरुलाई गणितीय समस्याको हल गर्न अबाकसले सजिलो बनाएको उनीहरुले बताए ।

अवाकस प्रतियोगिता सकिएलगत्तै प्रतिक्रिया दिँदै अभिभावकहरुले पनि आफ्ना बालबालिकाको स्मरणशक्ति बढेको प्रतिक्रिया दिएका छन् । विद्यालयले यस्ता अरु थुप्रै कार्यक्रमहरु ल्याउनुपर्ने भन्दै उनले आफ्ना बालबालिकाका लागि अबाकस निक्कै उपयोगी भएको बताएका छन् ।

विद्यालयका प्रिन्सिपल राजेश्व श्रेष्ठले विद्यालयमा अबाकस राखिसकेको बाबुनानिहरुमा सिक्ने फरक खालको उत्साह जागेको बताए । अबाकसले मेडिटेशनल पावर डेभलप गर्ने काम गरेको भन्दै उनले यसबाट अभिभावकहरु पनि निककै खुशी भएको बताए । बालबिकास एनसीमास संस्थाका तेजु नेपालले विभुती सेकेन्डरी स्कुलमा बालबालिका र अभिभावकको सहभागीता देखेले आफूहरु निक्कै उत्साहित भएका बताएका छन् । अरु थुप्रै विद्यालयमा अबाकस लिएर जाने आफूहरुको सोच रहेको भन्दै उनले विभूतीबाट छानिएका ३ जनालाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराईने बताए । अबाकस अन्तर्राष्ट्रियस्तरको सिकाई प्रणाली भएकोले यसमा नेपाल सरकारले पनि गम्भीरताका साथ लिनुपर्ने उनले बताए ।

फागुनमा राष्ट्रियस्तरको प्रतियोगिता हुने र त्यसका लागि अहिले छानिएका विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ ।

विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ। बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढ्दो छ ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको