बालकुमारी घटना: बुवाको निधनपछि घर धान्न कोरिया जान आएका थिए सुजन

ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउतको कोरिया जान भाषा परीक्षा पढ्न काठमाडौँ आएका थिए।  गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो ।

गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो । साना भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् । एक वर्ष भइसक्दापनि भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन् ।

जिल्लाको महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र नन्दकुमारी कटवाल राउतका जेठा छोरा सुजन २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

सुजनका मामा यमराज कटुवलकाअनुसार नेपालमा कसैगरी पनि काम नपाए पछि सुजन रोजगारीका लागि कोरिया जाने तयारीमा थिए । ‘भान्जाले ३ वर्षे ओभसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन्,’ मामा कटुवालले बिक्षिप्त हुँदै  भने, ‘तर, भान्जा काठमाडौंमै अस्ताएको खबर आयो ।’

सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । घरमा सुजनको आमा र एक भाई छन् । मामा कटुवालकाअनुसार घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर सञ्चार माध्यामबाट आएपछि आमा नन्दकुमारी र भाइ अधद्र्दचेत अवस्थामा छन् ।

शुक्रबार दिउँसो करिब १२ वजे झडपमा परी घाइते भएका उनलाई उपचारको लागि किस्ट अस्पताल लगिएको थियो । चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यसपछि मेडिकल टिमले सिपिआर गरेपनि सफल नभएपछि सवा १ बजे मृत घोषणा गरिएको थियो । उनको छातिमा निल डाम देखिएको छ ।

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको