यी हुन् बालकुमारी झडपमा ज्यान गुमाएका दुई युवा

बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ। शुक्रबार दिउँसोको झडपमा परी मृत्यु २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको रहेका छन् ।

राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ। हाल उनको परिवार नारायण नगरपालिका–६ काँडाचौर दैलेखमा बस्दै आएको छ।

प्रदर्शनमा अचेत अवस्थामा भेटिएका राउतलाई इमाडोलस्थित किस्ट अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। राउतलाई गोली नलागेको अस्पतालले जनाएको छ। उनको छातीमा नीलडाम देखिएको थियो।

यस्तै अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा हुन्। उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले जानकारी दिए।

शाहका हजुरबुबा नाता पर्ने बमबहादुर शाहले वीरेन्द्रको मृत्युको खबर सुनिएको पुष्टि गरे। ‘वीरेन्द्रका बुबा र म अहिले शव बुझ्न मोटरसाइकलमा निस्किसकेका छौँ,’ उनले भने, ‘धनगढीसम्म मोटरसाइकलमा गएर त्यहाँबाट हवाई जहाजमार्फत काठमाडौं पुग्छौँ।’

सिफारिस

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

काठमाडौं - “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित...

असई कुन्जाङले गरिन् सगरमाथा आरोहण

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा...

यूएईलाई पराजित गर्दै नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक...

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाद्वारा क्यालेण्डर विमोचन

बन्दीपुर (तनहुँ) – राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले...

धेरै पढिएको