मेयर बालेनले भने : ‘यो देशले बाच्ने ठाउँ दिँदैन’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन्।

शुक्रबार राती सामाजिक सञ्जालमा कविता लेख्दै मेयर बालेनले यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका हुन्।

यस्तो छ बालेनको कविता

यो देशले सज्जनलाई लाचार बनाउँछ,

लाचारलाई मर्न बाध्य बनाउँछ ,

मर्न नसकेकोलाई अपराधी बनाउँछ,

अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ।

यो देशले मुर्दाघर बनाउँछ,

बाच्ने ठाउँ दिँदैन ,

परिस्थितिले लासको दर बनाउँछ,

मान्छेलाई भाउ दिँदैन।

शुक्रबार ईपिएस भाषा परीक्षा दिन मा गर्दै युवाहरू प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा उत्रेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेको थिए।

त्योसँगै उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरेका थिए। गाडी आगजनीसँगै बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको