यस्तो छ आगामी ३ दिनको मौसम, आइतबार र सोमबार वर्षा अझ बढी हुने

काठमाडौं – प्रिमनसुनअन्तर्गत केही दिनदेखि जारी हावाहुरी/चट्याङसहितको वर्षा आइतबार र सोमबार अझ बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (शनिबार) वर्षा केही कम भए पनि पश्चिममा दिउँसाेपछि फेरि पानी पार्ने प्रणाली सक्रिय बन्ने संकेत देखिएकाले आइतबार र सोमबार हावाहुरी/मेघगर्जन/चट्याङसहित वर्षा अझ बढी हुने सम्भावना बढेकाे हाे।

अहिले पनि देशका केही ठाउँमा वर्षा भइरहेको उनले बताइन्। उनका अनुसार राति १–२ बजेदेखि प्रदेश १, २, ३ र ४ का विभिन्न स्थानमा वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकाका पनि केही ठाउँमा वर्षा भइरहेको मौसमविद् बासीले बताइन्। ‘अहिले कोटेश्वर क्षेत्रमा चाहिँ पानी रोकिएको छ, तर अन्य केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ,’ उनले शनिबार बिहान साढे ६ बजेतिर भनिन्।

प्रदेश १, २, ३ र ४ मा जारी वर्षा अझै २–३ घण्टा रहने सम्भावना रहेको उनले जानकारी दिइन्।

‘तर आज दिउँसो परिश्चम क्षेत्रमा बादल विकसित हुने संकेत देखिएको छ,’ मौसमविद् बासीले भनिन्, ‘त्यसकारण दिउँसो पुनः मौसम बदली भई पश्चिमका केही र पूर्वका थोरै स्थानमा हावाहुरी/चट्याङसहित वर्षा गराउने देखिएको छ।’

विशेषगरी यसले भोलि (आइतबार) र पर्सि (सोमबार) वर्षा र हावाहुरी अझ बढाउने सम्भावना देखिएकाे उनले बताइन्।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको