ललितपुर- ललितपुरको महालक्ष्मी-५ टिकाथलीमा रहेको किन्डरजोय मन्टेश्वरी स्कुलमा अवाकस प्रतियोगीता सम्पन्न गरिएको छ । स्कुलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सम्पन्न गरिएको हो । बाल बिकास एनसीमास संस्थाको सहकार्यमा सम्पन्न भएको प्रतियोगीतामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रममा १ र ३ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताबाट छानिएकामध्ये ३ जना राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पाउनेछन् । विद्यालयले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

कार्यक्रममा फाउन्डर तथा प्रिन्सिपल रिता आचार्यले विद्यालयमा अबाकस प्रणाली लागु भएपछि बालबालिकाको स्मरण शक्तिमा धेरै सुधार भएको बताईन् । गत वर्षको राष्ट्रियस्तरको अवाकस प्रतियोगितामा किन्डरजोयले प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएको थियो । अघिल्लो वर्षको स्मरण गदैै उनले यो वर्ष पनि आफूहरुले उपलब्धि हाँसिल गर्ने विश्वास व्यक्त गरिन् । उनले बालबालिकाहरुमा आएको परिवर्तनको श्रेय अबाकस कक्षा लिने शिक्षिकालाई जाने बताइन् ।

२०७० सालमा १८ जना विद्यार्थीबाट सुरू गरेको किन्डरजोयमा अहिले निक्कै उचाईमा पुगिसकेको छ । विद्यालयले अन्तराष्ट्रीय अवार्डहरू पनि प्राप्त गरिरहेको छ । अभिभावक, बालबालिका र स्थानीयको साथमा किन्डरजोयले उपलब्धि हाँसिल गरेको प्रिन्सिपल आचार्यले बताईन् ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले अवाकस कार्यक्रम सन्चालन गरेर धेरै नै राम्रो काम गरेको बताए। स्कुलले छोटो समयमा गरेको प्रगति देखेर उनले खुसीसमेत व्यक्त गरे।

त्यसैगरी, कार्यक्रममा सहभागी हुन पुगेका अभिभावकले अबाकसले आफ्ना बालबालिकामा निक्कै नै राम्रो परिवर्तन आएको प्रतिक्रिया दिएका छन् । बालबालिकाको ध्यान केन्द्रीत गर्न यसले निक्कै ठूलो भूमिका खेलेको उनीहरुको भनाई छ ।किन्डरजोले बालबालिकाहरूलाई पाठयक्रममा मात्र आधारित नभएर विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराएर राम्रो काम गरिरहेको उनीहरूले बताए । बालबालिकामा आएको सकारात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको उनीहरुको भनाइ रहेको छ ।

त्यस्तै, कार्यक्रम समापन गर्दै किन्डरजोय मन्टेश्वरीकी अध्यक्ष तिलोतामा तिमिल्सिनाले प्रमुख अतिथि, अतिथिलगायत कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावकलाई धन्यवाद ज्ञापन गरिन्। ‘किन्डरजोयले आयोजना गर्ने हरेक कार्यक्रमहरूमा यहाँहरू आइ दिइरहनु भएको छ। तपाईहरू सम्पूर्ण धन्यवादको पात्र हुनुहुन्छ’ तिमिल्सिनाले भनिन्।

गत वर्षको राष्ट्रियस्तरको अवाकस प्रतियोगितामा किन्डरजोयले प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएको थियो ।Z1Z2 समूहबाट किन्डरजोयका स्वेरज जंग थापा प्रथम र सुजल दासले द्वितीय स्थान हासिल गरेका थिए।

यस वर्षको राष्ट्रियस्तरको अबाकस प्रतियोगीता फागुनमा हुँदैछ । त्यसका लागि विभिन्न विद्यालयमा ‘स्कुल लेबल अबाकस प्रतियोगीता’ भईरहेका छन् ।
किन्डरजोयले ब्रिटिश काउन्सिलबाट प्रदान गरिने ISA Award 2021–2024 पनि पाएको छ। किन्डरजोय स्कूल ललितपुरको उत्कृष्ट मन्टेश्वरीको रुपमा परिचित छ ।

