दिनेश अधिकारी अब लेखक पनि, पहिलो उपन्यास ‘जरो’ सार्वजनिक

पछिल्लो समयको चर्चित गीत ‘म मरेको छैन’ गोविन्द मधुर आचार्यसँग मिलेर लेखेका दिनेश अधिकारी आफ्नो पहिलो उपन्यास ‘जरो’ लिएर पाठकमाझ आएका छन् । शनिबार थापागाउँस्थित गुरुकुल स्कुल अफ थिएटर (लेखन कुञ्ज हल) मा आयोजित कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले अधिकारीको उपन्यास लोकार्पण गरिन् ।

पुस्तक सार्वजनिक गर्दै उनले सुदूरपश्चिमेली समाजमा अन्तरजातीय प्रेम, विवाह गर्दा दलित समुदायमाथि भएको अन्याय, अत्याचारको कथा ‘जरो’ले उधिनेको बताइन् । दलित समुदायमाथि भइरहेको ज्यादतीलाई उपन्यासमार्फत थप प्रकाश पारिदिएकोमा उनले लेखक अधिकारीप्रति आभार प्रकट गरिन् ।

वक्ता भरतमणि सुवेदीले कथासँगै सरल भाषा पुस्तकको सशक्त पक्ष रहेको बताए । ‘यसबाहेक उपन्यासमा स्थानीय भाषा, लवजको पनि छनक पाइन्छ, यसले दिन खोजेको सामाजिक सन्देश पनि महत्त्वपूर्ण छ’, उनले भने । पुस्तकका सम्पादक अमर अधिकारीले उपन्यास ‘जरो’ छुवाछुतविरुद्धको आवाज भएको बताए ।

गायक शिशिर योगीले जगतमा महिला र पुरुषबाहेक अन्य जात नहुने भन्दै विभेदले आक्रोश र अपराध मात्रै जन्माउँछ भन्ने पुस्तकको सन्देश चित्तबुझ्दो रहेको धारणा राखे ।

दङ्गेली लेखक अधिकारीले आफ्नो पुस्तक प्रेम र जातीय विभेदमा आधारित रहेको बताए । कथाको जरो प्रेम भएकाले पुस्तकको नाम ‘जरो’ राखिएको उनको भनाइ थियो । ‘फेरि फेरि कुनै भूगोलमा नवराज विकजस्ता कोही पनि मारिनु नपरोस्, समाजले मानवता नभुलोस् भनेर झकझकाउन मैले यो उपन्यास लेखेको हुँ’, उनले भने ।
अधिकारी लामो समययता सञ्चाकर्ममा सक्रिय छन् । उनले लेखेको उपन्यास ‘जरो’ को मूल्य चार सय रुपैयाँ राखिएको छ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको