दिनेश अधिकारी अब लेखक पनि, पहिलो उपन्यास ‘जरो’ सार्वजनिक

पछिल्लो समयको चर्चित गीत ‘म मरेको छैन’ गोविन्द मधुर आचार्यसँग मिलेर लेखेका दिनेश अधिकारी आफ्नो पहिलो उपन्यास ‘जरो’ लिएर पाठकमाझ आएका छन् । शनिबार थापागाउँस्थित गुरुकुल स्कुल अफ थिएटर (लेखन कुञ्ज हल) मा आयोजित कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले अधिकारीको उपन्यास लोकार्पण गरिन् ।

पुस्तक सार्वजनिक गर्दै उनले सुदूरपश्चिमेली समाजमा अन्तरजातीय प्रेम, विवाह गर्दा दलित समुदायमाथि भएको अन्याय, अत्याचारको कथा ‘जरो’ले उधिनेको बताइन् । दलित समुदायमाथि भइरहेको ज्यादतीलाई उपन्यासमार्फत थप प्रकाश पारिदिएकोमा उनले लेखक अधिकारीप्रति आभार प्रकट गरिन् ।

वक्ता भरतमणि सुवेदीले कथासँगै सरल भाषा पुस्तकको सशक्त पक्ष रहेको बताए । ‘यसबाहेक उपन्यासमा स्थानीय भाषा, लवजको पनि छनक पाइन्छ, यसले दिन खोजेको सामाजिक सन्देश पनि महत्त्वपूर्ण छ’, उनले भने । पुस्तकका सम्पादक अमर अधिकारीले उपन्यास ‘जरो’ छुवाछुतविरुद्धको आवाज भएको बताए ।

गायक शिशिर योगीले जगतमा महिला र पुरुषबाहेक अन्य जात नहुने भन्दै विभेदले आक्रोश र अपराध मात्रै जन्माउँछ भन्ने पुस्तकको सन्देश चित्तबुझ्दो रहेको धारणा राखे ।

दङ्गेली लेखक अधिकारीले आफ्नो पुस्तक प्रेम र जातीय विभेदमा आधारित रहेको बताए । कथाको जरो प्रेम भएकाले पुस्तकको नाम ‘जरो’ राखिएको उनको भनाइ थियो । ‘फेरि फेरि कुनै भूगोलमा नवराज विकजस्ता कोही पनि मारिनु नपरोस्, समाजले मानवता नभुलोस् भनेर झकझकाउन मैले यो उपन्यास लेखेको हुँ’, उनले भने ।
अधिकारी लामो समययता सञ्चाकर्ममा सक्रिय छन् । उनले लेखेको उपन्यास ‘जरो’ को मूल्य चार सय रुपैयाँ राखिएको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको