बजारमा थरीथरीका तरुल, यस्ता छन् तरुल खानुका फाइदा (फोटो फिचर)

काठमाडौं- काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा तरुलविभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेका छन् । उपत्यकामा धेरै जसो सर्लाहीमा उत्पादन भएका तरुल देख्न सकिनेछ । बजारमा विशेष गरी घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुलहरू पाइन्छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ। यस दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदि खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो।

यी परिकारमध्ये तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा पनि छ। नेपाली उखानै छ, ‘पुसमा पाके माघमा जाके’ अर्थात् पुसमा पकाएर माघमा खाने।

तरुल खाने तरिका मानिसअनुसार फरक–फरक हुन्छ। कोही स्वादको लागि खान्छन् त कोही पेट भर्नको लागि।कोही समय–समयमा खाइरहन्छन् भने कतिपय पर्व विशेष मानेर मात्रै खान्छन्। जसरी खाए पनि तरुल स्वास्थ्यका लागि फाइदाजनक छ।

जाडो मौसममा शरिरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानु उत्तम हुन्छ।‘जाडोमा रोग प्रतिरक्षात्मक क्षमता कम हुन्छ। रोगसँग लड्ने तत्व तरुलमा पाइने हुनाले यो समयमा तरुल खानु आवश्यक छ ।

तरुल फाइदाजनक खानेकुरा भएपनि मृगौला रोगीहरुले यसको सेवन नगर्नु नै उपयुक्त हुन्छ । यसमा कार्बेहाइड्रेड उच्च मात्रामा पाइने हुनाले तौल बढि भएको र डाइवेटिजका बिरामीले नखान स्वास्थ्यविदहरुले सल्लाह दिने गरेका छन् । कहिले काहि खानाको विकल्पमा यसको सेवनले भने नकारात्मक असर कम गर्ने हुनाले तरुल स्वास्थ्यवद्र्धक खानकी हो ।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको