ब्राइट फ्युचर स्कुलमा अवाकस प्रतियोगीता, सिकाइ प्रणाली देखेर अभिभावक भए छक्क (तस्वीरहरू)

ललितपुर- ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर स्कुलमा अवाकस प्रतियोगीता सम्पन्न गरिएको छ । स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सम्पन्न गरिएको हो । बाल बिकास एनसीमास संस्थाको सहकार्यमा सम्पन्न भएको प्रतियोगीतामा कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु सहभागी थिए ।

प्रतियोगिताबाट छानिएकामध्ये ३ जना राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पाउनेछन् । विद्यालयले उक्त विषयलाई यहि वर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

कार्यक्रममा ब्राइट फ्युचर स्कुलका संस्थापक तथा कलेज प्रमुख किशोर अधिकारीले  विद्यार्थीहरूको लागि अवाकस शिक्षा एकदमै महत्वपूर्ण साबित भएको बताए।  ‘आजको कार्यक्रम सम्पूर्ण अभिभावकले नजिकबाट नियाल्दै हामीलाई थप उर्जा प्रदान गर्नु भएको छ। अहिलेको समयमा विभिन्न किसिमको डिभाइसको कारणले गर्दा विद्यार्थीहरूको ध्यान मोडिएको अवस्थामा यो अवाकस शिक्षाले ध्यान केन्द्रिकृत गर्न धेरै नै भूमिका खेलेको छ।’ अधिकारीले भने।

त्यस्तै, ब्राइट फ्युचर माध्यामिक विद्यालयका प्रधानाध्यापक बासुदेव कोइरालाले आजको कार्यक्रम प्रत्यक्ष देख्न पाउँदा धेरै नै खुसि लागेको बताए। ‘आजको कार्यक्रम के होला कस्तो होला भन्ने अन्यवलमा थिए जुन हिसाबले कार्यक्रम सम्पन्न भयो अत्यन्तै खुसि बनाएको छ ।’ उनले भने। कोइरालाले अभिभावकहरूको प्रतिक्रिया पनि सकारात्मक रहेको जानकारी दिए । अवाकस माध्यमले विद्यार्थीहरूलाई लामो समयसम्म पनि एकाग्रह भएर ध्यानमग्न हुने अवस्थामा पुर्याउँने हुँदा यो कार्यक्रम यहाँ मात्र नभएर ५ देखि १३ बर्ष उमेर समूहका सम्पूर्ण विद्यालयका विद्यार्थीहरूका लागि आवश्यक कार्यक्रम रहेको बताए।

त्यस्तै, विद्यालयका संस्थापक तथा प्रशासन प्रमुख रामशरण हुमागाईले विद्यालयमा अवाकस शिक्षा भित्र्याउँदा कुराहरू प्रस्ट पारे।  उनले अवाकस प्रणाली पुरानो प्रविधि भएकाले यसले अहिलेका विद्यार्थीहरूलाई क्याल्कुलेटर प्रयोग गर्न कम गर्नुका साथै उनीहरूले पढेका कुराहरू लामो समयसम्म सम्झिन पनि सहयोग गर्ने बताए।

त्यसैगरी, कार्यक्रममा सहभागी हुन पुगेका अभिभावकले अबाकसले आफ्ना बालबालिकामा निक्कै नै राम्रो परिवर्तन आएको प्रतिक्रिया दिए। बालबालिकाको ध्यान केन्द्रीत गर्न यसले निक्कै ठूलो भूमिका खेलेको उनीहरुको भनाई छ । स्कुलले  बालबालिकाहरूलाई पाठयक्रममा मात्र आधारित नभएर विभिन्न अतिरिक्त क्रियाकलापमा पनि सहभागिता गराएर राम्रो काम गरिरहेको उनीहरूले बताए । बालबालिकामा आएको सकारात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको उनीहरुको भनाइ रहेको छ ।

बालबिकास एनसीमास संस्थाका निर्देशक तेजु नेपालले आजको कार्यक्रममा अहिलेसम्मकै धेरै अभिभावकको सहभागीतामा कार्यक्रम सफल भएको र सहभागि अभिभावकहरू पनि निक्कै खुसि भएर जानुभएको बताए। ‘छोटो समयको अवाकस सिकाइले विद्यार्थीहरूको मेन्टल र फिजिकल अवाकस अत्यन्तै धेरै राम्रो भएको पाएको छु।’ उनले भने।

यस वर्षको राष्ट्रियस्तरको अबाकस प्रतियोगीता फागुन २० गते र्याडिसन होटलमा हुँदैछ । त्यसका लागि विभिन्न विद्यालयमा ‘स्कुल लेबल अबाकस प्रतियोगीता’ भईरहेका छन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको