रिड मोडल स्कुलमा अबाकस, यो वर्ष पनि च्याम्पियन बन्ने सपना

काठमाडौं – काठमाडौंको ठूलोभर्याङमा रहेको रिड मोडल सेकेन्डरी स्कुलमा विद्यालय स्तरीय अवाकस प्रतियोगीता सकिएको छ । आईतबार नै विद्यालयमा खेल सप्ताह पनि सुरु भएको छ ।

विद्यालयमा ५ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई अबाकस प्रणालीमार्फत शिक्षण सिकाई गरिँदै आएको छ । अबाकस प्रतियोगीतापछि प्रतिक्रिया दिँदै विद्यालयका अध्यक्ष मचरज महर्जनले अबाकसले बालबालिकाको स्मरण शक्ति बढाएको प्रतिक्रिया दिए ।

विद्यालयका बोर्ड अफ डाईरेक्टर एवम् रिड मोडल कलेजका संचालक समितिका अध्यक्ष टेक बहादुर थापाले आफ्नो विद्यालयमा अबाकस २ वर्षदेखि संचालनमा रहेको भन्दै गत वर्ष राष्ट्रियस्तरको प्रतियोगीतामा आफ्नो विद्यालयले पहिलो र दोस्रो स्थान हाँसिल गर्न सफल भएको बताए ।

विद्यालयमा बालबालिकाको नतिजा राम्रो आएको र गणितिय समस्या समाधान गर्न निक्कै ठूलो सहयोग पुगेको उनले बताए । विद्यालयका प्रिन्सिपल डा. दिनु बर्जाचार्यले अबाकस चीन र जापानबाट सुरु भएको स्मरण गराउँदै आफूले १२ वर्षसम्म जापानमा अध्ययन गर्दादेखिको अनुभवलाई रिड मोडलमा लागु गराईएको बताईन् ।

त्यहाँको अनुभवका आधारमा आफ्नो विद्यालयमा लागु गरिएको र २ वर्षको रिजल्टमा नेपालमै अहिलेसम्मको उत्कृष्ट बन्न आफ्नो विद्यालय सफल भएको उनले दाबी गरिन् । अबाकसलाई निरन्तरता दिँदै विद्यालयमा अझ अरु अतिरिक्त क्रियाकलाप पनि अघि बढाउने सोच आफूहरुको रहेको उनले बताईन् ।

विद्यालयका म्यानेजिङ डाईरेक्टर अर्जुन पाण्डेले अबाकले विद्यार्थीलाई दिएको क्षमताले आफूलाई खुशी लागेको बताए । विद्यार्थीको मस्तिस्क विकास गर्न अबाकस महत्वपूर्ण सावित भएको भन्दै उनले यो अहिलेको जेनेरेसनका लागि निक्कै नै उपयोगी भएको बताए ।

बाल विकास एनसीमास संस्थाका तेजु नेपालले रिड मोडलका ३०० भन्दा बढि विद्यार्थीको उल्लेख्य सहभागीतामा अबाकस प्रतियोगीता सकिएको जानकारी गराउँदै यो पटक पनि यस विद्यालयले अघिल्लो वर्षको जस्तै गरेर राम्रो नतिजा ल्याउने अपेक्षा गरे ।

प्रतियोगितामा छानिएका विद्यार्थीहरुले आगामी फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतिगोगितामा सहभागी हुन पाउने छन् ।
शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको