रिड मोडल स्कुलमा अबाकस, यो वर्ष पनि च्याम्पियन बन्ने सपना

काठमाडौं – काठमाडौंको ठूलोभर्याङमा रहेको रिड मोडल सेकेन्डरी स्कुलमा विद्यालय स्तरीय अवाकस प्रतियोगीता सकिएको छ । आईतबार नै विद्यालयमा खेल सप्ताह पनि सुरु भएको छ ।

विद्यालयमा ५ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई अबाकस प्रणालीमार्फत शिक्षण सिकाई गरिँदै आएको छ । अबाकस प्रतियोगीतापछि प्रतिक्रिया दिँदै विद्यालयका अध्यक्ष मचरज महर्जनले अबाकसले बालबालिकाको स्मरण शक्ति बढाएको प्रतिक्रिया दिए ।

विद्यालयका बोर्ड अफ डाईरेक्टर एवम् रिड मोडल कलेजका संचालक समितिका अध्यक्ष टेक बहादुर थापाले आफ्नो विद्यालयमा अबाकस २ वर्षदेखि संचालनमा रहेको भन्दै गत वर्ष राष्ट्रियस्तरको प्रतियोगीतामा आफ्नो विद्यालयले पहिलो र दोस्रो स्थान हाँसिल गर्न सफल भएको बताए ।

विद्यालयमा बालबालिकाको नतिजा राम्रो आएको र गणितिय समस्या समाधान गर्न निक्कै ठूलो सहयोग पुगेको उनले बताए । विद्यालयका प्रिन्सिपल डा. दिनु बर्जाचार्यले अबाकस चीन र जापानबाट सुरु भएको स्मरण गराउँदै आफूले १२ वर्षसम्म जापानमा अध्ययन गर्दादेखिको अनुभवलाई रिड मोडलमा लागु गराईएको बताईन् ।

त्यहाँको अनुभवका आधारमा आफ्नो विद्यालयमा लागु गरिएको र २ वर्षको रिजल्टमा नेपालमै अहिलेसम्मको उत्कृष्ट बन्न आफ्नो विद्यालय सफल भएको उनले दाबी गरिन् । अबाकसलाई निरन्तरता दिँदै विद्यालयमा अझ अरु अतिरिक्त क्रियाकलाप पनि अघि बढाउने सोच आफूहरुको रहेको उनले बताईन् ।

विद्यालयका म्यानेजिङ डाईरेक्टर अर्जुन पाण्डेले अबाकले विद्यार्थीलाई दिएको क्षमताले आफूलाई खुशी लागेको बताए । विद्यार्थीको मस्तिस्क विकास गर्न अबाकस महत्वपूर्ण सावित भएको भन्दै उनले यो अहिलेको जेनेरेसनका लागि निक्कै नै उपयोगी भएको बताए ।

बाल विकास एनसीमास संस्थाका तेजु नेपालले रिड मोडलका ३०० भन्दा बढि विद्यार्थीको उल्लेख्य सहभागीतामा अबाकस प्रतियोगीता सकिएको जानकारी गराउँदै यो पटक पनि यस विद्यालयले अघिल्लो वर्षको जस्तै गरेर राम्रो नतिजा ल्याउने अपेक्षा गरे ।

प्रतियोगितामा छानिएका विद्यार्थीहरुले आगामी फागुन २० गते हुने राष्ट्रियस्तरको प्रतिगोगितामा सहभागी हुन पाउने छन् ।
शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रीकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको