वीरगंजमा मृत्यु भएकी युवतीमा कोरोना पीसीआर रिपोर्ट नेगेटिभ

वीरगंज – आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै आज बिहान वीरगंजमा मृत्यु भएकी युवतीमा कोरोना भाइरस परिक्षण सम्बन्धी पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि नारायणी हस्पिटलको आइसोलेसनमा भर्ना तयारी गर्दागर्दै मृत्यु भएकी वीरगन्ज १० अशोकवाटिकाकी २३ वर्षीया मृतक युवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको नारायणी हस्पिटलका डा निरज सिंह बताए ।

उनको शनिबार तराई हस्पिटलमा २ पटक र नारायणी हस्पिटलमा १ पटक गरिएको आरडीटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।

उनी ब्लड क्यान्सरको समेत बिरामी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए ।

भरतपुर क्यान्सर अस्पतालमा गत चैत ५ गते ब्लड क्यान्सर भएको प्रमाणित भएपनि घर गएर चैत १३ गते स्वास्थ्यमा समस्या बढेपछि एडभान्स अस्पताल पुगेकी थिइन ।

नेशनल मेडिकलमा कलेजमा उपचाका लागि गरेपपनि आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएपछि गएराती १० बजे तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।

अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु भयो ।

उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको