काँध त बुवाकै बलियो

त्यो असार श्रावणको मुसलधारे झरी , त्यो उर्लीदो खहरे – खोला, तस्वीर बनेर मस्तिष्कमा अनायासै कुदे आज । त्यो माथिमाथि छचल्किएको पानीको धमिलो छाल, त्यो बगाएर ल्याएको काठका मुढा, त्यो ‘ निर्मम ‘ पानीको झोका; डर लाग्थ्यो कतै मेरो अस्तित्व एक्लै फुस्स सकिने पो होकी। तब ‘बुवा हुँदै हुनुहुन्छ नि ‘ भन्दै आएका कल्पना, त्यो भरोशा, त्यो आत्मबल; कम भाग्यमानी थिइन होला म? खोला छेउ नपुग्दै बुवाको काँधमा सजिलै अटाउने म, कति बलियो थियो होला त्यो काँध जसले मलाई मनभरी खुसी दिन्थे, कति बलियो सहारा थियो मेरो; मानौं म त्यो काँध – रूपी डुंगामा सुरक्षित छु, कत्ति भरोशा बुवा माथि । त्यो अथाह प्रेम निश्चितरूपमा विशुद्ध थियो, भुइँमा टेकाउँदा छोरो लड्ने पो होकी भनेर बोकि राख्दा अरूले प्याच्च भन्नुहुन्थ्यो – “कसैले नपाएको छोरो पाईस, भुइँमा टेकाउनुसम्म नहुने ।” बुवाले केही उत्तर दिनु हुन्न थियो । कत्ति स्नेह थियो त्यो अनुत्तरित मौनतामा बाफ्रे । पहिलो सन्तान, त्यसमाथि पनि छोरो, त्यो समय र परिवेशलाई हेर्ने हो भने म कत्ति धेरै व्यक्तिको आशाको केन्द्र थिएँ, कत्ति दरिलो काँध र बलियो हात पाएको थियो मेरो जीवनले ।

वर्तमानमा त्यही मनोबल, त्यही सहाराको कमी निकै खडकिन्छ ; मानौं खहरेको भेलले बगाएको छ, त्यो ठूला ठूला चट्टान कुहिनोमा बजारिएको छ, मन भित्रभित्रै गर्जिन्छ, निसासिन्छ, त्यो खहरेको भेल झै… पक्कैपनि जीवन त्यस्तै नै छ ; कहिले पानी बिनाको खहरे, कहिले भेल – दुःख मिश्रीत धमिलो त कहिले हिउँदको खहरे झैँ रित्तो । कत्ति सजिलै मेरो बोली बिक्थ्यो बालापनमा, मानौं मेरो बुवा मेरो लागि जादुको छडी हुनुहुन्छ । ‘ घिमिरे ठूलोबुवा ‘ को पसल पुग्नासाथ मेरो हातमा कहिले ‘ थिन आरारोट ‘ बिस्कुट पर्थ्यो त कहिले सुन्तला रंगको मुट्ठीभर चकलेट । पक्कै पनि मेरो बोलीमा दम थियो कि; बाल्यकाल निकै सहज थियो बुवाको छत्रछायाँमा …

कहिले काहीँ यो सहरको अहिलेको बसाइँलाई केहीबेर भुलेर चोभारको डाँडामा हुइँकिएर साँझपख मन बहलाउन पुग्दा फिक्का लाग्छ सिङ्गो सहरको झिलिमिली । मन अँध्यारो र धिप – धिप भएसी कहाँ बाहिरी उज्यालोले खुसी र सन्तोष दिने रहेछ र? सहरतिर त्यो डाँडामा बसेर हेर्दा लाग्छ केही विशेष छुटेको छ यो सहरमा, भित्र-भित्रै गलेको छ ऊ; सानो निर्दोष बालकको हातबाट उस्को प्यारो खानेकुरा वा खेलौना खोसिएझै ; मेरो बाल्यकालको खुसी र संसार जित्नेझै साहस कतै समयको कालखण्डमा बिस्तारै हराएझैं । मानौं यो सहरले पनि मेरो बाल्यकालमा मैले पाएझैं स्याहार पाएको छैन, उ प्रताडित छ ; प्रतिकूलतामा गुम्सिएको छ । धुवाँ, धूलो, ध्वनि प्रदुषण, फोहोर, मान्छेको चाप, आदि सहेको सहर हेर्दा आफ्नै दैनिकी पनि कम छ जस्तो लाग्दैन । भिन्न – भिन्न स्वभावका मानिस, फरक मत सहन नसक्ने मानसिकता भएको जमात , आफूलाई सही हुँ भनेर स्वयं चर्को वकालत गर्ने संकुचित मानसिकता बोकेका मानिसको जमात, अरूले चाहें झैँ आफू हुन नसक्दा उताबाट आउने तितो पृष्ठपोषण, आदि यो भन्दा कम छैन पक्कै । जस्ले जस्तो चाह्यो त्यस्तै बन्ने होडमा अनुत्तरित रहनु पर्ने गरी आएका सवाल पक्कै कठिन हुन्छन् , मानौँ पढ्दै नपढेको र सोच्दै नसोचेको पाठबाट ठूलो अंकभार सहितको प्रश्न आयो । यो सहर नि त्यस्तै छ, मेरो बुवाको काँध छुटेर आफ्नै खुट्टामा ढिलै भएपनि हिँड्न सिक्दै गर्दा डगमगाएको, सम्हालिन बल गर्दै, निस्फिक्री हुने होडमा लागेझैँ ….

कति सहज र सरल भएछु केही जमातको लागि भनेर ऐना हेर्दा आजकल कुनै रङ्गमञ्चको कलाकारभन्दा कम पाउँदिन आफैलाई । वर्षौ कक्षाकोठामा बिताउँदा कत्ति पल त्यस्तै पोत्न पुगेछु। ‘ तपाईं कत्ति मज्जाको, तपाईं कत्ति धेरै हँसाउनु हुन्छ, तपाईंलाई के पिर होला र, तपाईं हाँसेको एकदम सुहाउँछ- हाँस्नुस्न,’ आदि । कार्यथलो नै मेरो रंगमञ्च थियो सायद झै लाग्ने । आफूलाई यस्तो छु भनेर प्रस्ट्याउन नजानेर हो वा जस्ले जस्तो चाह्यो त्यस्तै भएर होकी, आफू आफैं रहिन झैँ लाग्ने दिनको अन्त्यमा प्रतिबिम्बमा मूल्याङ्कन गर्दा । आफूभन्दा साना, कलिला, अनि केही हदसम्म ‘ अबुझ ‘ लाग्ने विद्यार्थीले पनि कहिलेकाहीँ नि:शब्द बनाउन पुग्नुहुन्थ्यो जब कुनै निबन्ध लेख्दा होस् वा अनौपचारिक गफगाफमा होस् आफ्नो बारेमा । आफै ‘ रोल मोडेल ‘ बनेर म प्रस्फुटन हुन्थेँ र अन्त्यमा लेखिएको हुन्थ्यो ‘ आई वान्ट टु वि लाइक आलोक सर ‘। त्यो सधैं सही/गलत छुट्याउने, तीव्र चल्ने रातो कलम पलभर मै रोकिन्थ्यो, मानौं मैले बुझ्न बाँकी शीर्षकमा कसैले जीवनको शब्दकोशको कठिन शब्दहरु प्रयोग गरेर वाक्य पस्कियो । कत्ति व्यापक, कत्ति विशाल छ त्यो वाक्य, भलै जीवनको बाटोमा बुवाको काँधबाट झरेर ढिलो हिँड्न सिक्दै गर्दा डगमगाएको प्राणी म, कसैको अनुकरणीय व्यक्ति मैले ठम्याउन नसकेको गुणले बनाउन पुगेछ मलाई । के बुझाउन सक्थें म; कत्ति परिवेशमा अनविज्ञताको ठेस लागेर गन्तव्यहीन यात्रामा छु भनेर । सबैलाई हाँस्ने र हसाँउने गर्दै गर्दा पर्दा पछाडिको रोदन र वेदना अनि डोको भरिका अभाव लुकाउँदै गरेको पक्कै ती दर्शकले जीवनको रङ्गमञ्चमा देख्नुहुन्न र देख्न चाहनु पनि हुन्न । जीवनको खहरे तर्न नसकेर एउटा किनारमा बसेर तरिसकेका पारीपट्टी का मान्छे हेर्दा खास खुसी पक्कै लाग्दैन होला ,भलै सिक्ने कुरा अथाह नै हुन्छ । त्यसैगरी, यस्ता वाक्यले पनि मलाई सोच्न बाध्य बनाउँथे, म जस्तो बन्ने रे? यो रंगमञ्च जीवनको त्यत्ति सहज छैन भनेर कसले बुझाइदिने? जे देखिन्छ, के त्यही वास्तविकता मान्ने? केवल एक हरफ निस्किन्थ्यो मुखबाट – “तिमी जस्तो छौं राम्रो छौं, आफैलाई राम्रो बनाऊ, अरु जस्तो बन्नु पर्दैन, असल र बाबु – आमाको प्यारो बन्न सक्यौं भने पुग्यो सार्थकता।” मनमनै मेरा अनुभवले बोल्दछन् , ” यो बाहेक त जीवनले समयक्रमसँगै सिकाउनेछ नि, बस् सबैले सिकेपछि अरुलाई त्यो बुझाउने ल्याकत राख्ने नहुनसक्छ । “

त्यो दरिलो काँध पछिको परिवेश अनि बलियो हात पछिका बाटो र पाइला पक्कै तालमेल नमिलेको भान हुन्छ कतै । सवारीसाधन पनि त उकालो आएपछि गियर परिवर्तन हुन्छन् नि, किन जीवनमा त्यही लागू गर्न कठिन भएको होला ? त्यो काँधबाट झरेर हिँड्न सिकेका यी पाइलाले पनि त कुनै अर्को म जस्तै पात्रलाई काँध र सहारा दिन लायक हुनु पर्ने होला नि? समयचक्र निकै बलवान छ; हरेक मौसमको आफ्नै विशेषता भएझैं सायद उजाड मौसमको पनि त केही पाठ हुने हैन र? लेख्न सिक्दै गर्दा , अक्षर कोर्न सिक्दै गर्दा, त्यो पेन्सिल निकैपटक भाँचिन्छ, तब बिस्तारै अक्षर बन्दै जान्छन् र भाँचिन छोड्छ पेन्सिल । त्यस्तै छ रित, समय बलवान त पक्कै छ; पाइला नचालिकन बुवाको काँधमा बसेर पनि बाटो काट्न र खोला तर्न सिकायो, अनि आफ्नै पाइला र पाखुरामा चल्न पनि सिकायो त्यही बाटो । उपद्रो, चकचके हुँदापनि ‘बालापन ‘ नाम दिएर जीवनले माफी सहजै पाउने बनायो अनि समयक्रममा त्यही बालापनको उपद्रो, ‘ केटाकेटीपन ‘ दोहोर्याउने प्रयत्नमा अपरिपक्वताको उपनाम पनि दियो । अनि कहिले त्यही उपद्रो र चुलबुले बानी भएका निर्दोष बालकको मार्गदर्शक पनि बनायो । पुराना तस्वीर फुर्सदमा यसो हेर्दछु; हातमा जापानी रेडियो, छालाको सानो सेतो झोला, घाँटीमा रिल हाल्नुपर्ने क्यामेरा, मलाई देख्दा झलक्क खुसीले रमाएको उज्यालो मुहार ,अनि मूलतः बुवा घर आउँनु हुँदा कहिले खाली नआएको त्यो हात: वास्तवमै भाग्यमानी थिएँ म । कामबाट फर्किदा घन्टौं हिँडेर थाकेका ती पाइला कहिले थकित थिएनन् मेरा सामु । सानातिना पारिवारिक खटपट, घण्टौं हिँडेर जागीरमा जानुपर्ने अवस्था, खेतीपाती पनि सम्हाल्नुपर्ने चटारो, रोपेको धान बाढीले सखाप पार्ने अवस्था, आदि पक्कै वहाको लागि सहज थिएन होला, यद्यपि मलाई रमाउन र खुसी हुन काफी थिए । कसैले सही भन्थ्यो – शब्द फरक भएपनि भावना त आखिर एउटै छ, बुवा आमा भन्नुस या भगवान महत्व एउटै छ । कत्ति सामर्थ्य चाहिन्थ्यो होला , सोचेर शून्यतामा पुग्दछु अहिले ; खाना धेरै तातो भयो भनेर खान्न भनेर घुर्की लगाउँदा बुवाले फुकेर सेलाएर खुवाउनु हुँदा होस् वा परिवेश – सापेक्ष नहुँदा कुनै वस्तुको माग गर्दा नपाउँदाको क्षण फकाउनु हुँदाको पल होस्, बुवाको त्यो महानता सदैव याद आउँछ । अहिले वर्तमान झल्याँस्स सम्झिन्छु; रातिको एक बज्दा पनि तनावमा निन्द्रा नलाग्ने हुन्छ कहिले, कामको सदाझैं चाप, अनेकौं अभावमा मित्रहरु भेटघाट नभएको महिनौँ बित्छ, नयाँ कपडा नकिनेको महिनौँ बित्छ, साना साना कुराले मन कटक्क दुख्ने हुन्छ, भरोसा र विश्वास त्यो बालापनको जस्तो कत्तिपनि निश्चय नै भेट्दिन , त्यो जोश जाँगरमा पक्कै ह्रास आएको अनुभव हुन पुग्दछ, खुलेर मनैबाट नहाँसेको महिनौँ बितेको हुन्छ । यी सबै स्मरणमा आइपुग्दा त्यो बालापनको खुसी र त्यो बुवाको बलियो काँध र साथको सम्मानमा शब्दको अभाव स्वादले खड्किन्छ । गायक भक्तराज आचार्यको गीत सुन्दै निदाएको पत्तो नहुने, मानौँ त्यो हरेक शब्दले आफूलाई गिज्याईरहेको छ, मेरा लागि रचिएको झैं : हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरि भएर आउँछ … अल्झें कहीँ त के भो बाटो भुलेको छैन, भाँचिसकेको विश्वास, फेरि भएर आउँछ ……. । निन्द्रा नभेटिने सहरमा , निन्द्रा लाग्ने औषधी चाहीँ भेटिने रहेछ ; साँच्चै त्यो बुवाको काँध निकै बलियो रहेछ, निकै दरिलो हात रहेछ ।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको