रातो मछिन्द्रनाथको रथमा अब नयाँ पाङ्गग्रा (तस्वीरहरू)

ललितपुर – ललितपुरको रातो मछिन्द्रनाथको रथमा नयाँ पाङ्गग्रा राखिएको छ। २०८१ सालको रथजात्राको लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम शुरु भएको रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार बाराहीले बताए ।

ललितपुरको बेलाछेँ टोलमा पाङ्ग्रा बनाउने गरिन्छ । ४ वटा पाङ्ग्रा बनाउनको लागि सामदान जातको रुखको काठ चार फुटको १०८ टुक्रा चाहिने उनले बताए । हरेक १२ वर्षमा नयाँ पाङ्ग्रा राख्नु पर्ने चलन भए पनि यसपालि पुरानो पाङ्ग्राबाट काम लिन नसक्ने अवस्था भएकोले १२ वर्षे जात्रा नपरे पनि पाङ्गग्रा बनाउन लागिएको उनको भनाइ छ । यसभन्दा अघि २०७२ सालमा पाङ्गग्रा फेरिएको थियो भने त्यसलगत्तै रथ बिग्रेसँगै पाङ्ग्रा पनि बिग्रिएकोले २०७३ सालमा नयाँ फेरिएको थियो।

पाङ्ग्रासँग सम्बन्धित काम नेवार समुदायका बाराही र बौसी समुदायले गर्छन् । पाङ्ग्रा निर्माणका लागि १५ देखि २० दिनको समय लाग्ने अनुमान छ । रथको चार पाङ्ग्रालाई हरिसिद्धि, लुप्तसंहार, टीकाभैरव र नन्दीकुन्द गरेर चार भैरवको प्रतिकको रुपमा लिने गरिन्छ ।

तस्वीरहरू : रमिता छुँजु 

सिफारिस

काठमाडौँ महानगरले गर्यो कलंकीको बर्गर हाउसलाई २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध भएको...

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका छन्। शुक्रबार (असार २८) मा प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । साथै उनले बेपत्ता यात्रुहरूको खोजी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

१८ महिनामा ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस...

कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको ज्यान गयो

कास्की– निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको...

पहिरोसँगै त्रिशूलीमा खसेका २ वटा बसमा कति थिए यात्रु ? तीन पौडिएर निस्किए

चितवन– नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका...

जाँदाजाँदै प्रचण्ड सरकारको मन्त्रिपरिषद् बैठकले के के गर्यो निर्णय ?

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र...

नेपाली सेनाका ३८ सय ८७ जना सैन्यहरू दीक्षित

काठमाडौं - विक्रम सम्वत् २०८० साल भाद्र ३ गतेदेखि...

धेरै पढिएको