दिनेश न्यौपानेको स्वर, शब्द र संगीतमा ‘पर्खेर तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसरमा सार्वजनिक गीतमा एरेञ्ज र मिक्सिङ पनि न्यौपाने कै रहेको छ । मनिता सुन्दासको निर्देशन गीतको भिडियो सुन्दर बनेको छ ।
रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा अशोक भुजेल र रोशनी कार्कीको फिचर्ड छन् । भिडियोमा छायाँकन र सम्पादन अनील कटवालको रहेको छ । गीतमा माया प्रेमका शब्दहरु समेटिएका छन् । गीतको भिडियो पनि गीत जति नै प्रेमिल र आकर्षक बनेको छ।