कोरोना संक्रमण हुन नदिन खाँडादेवि र सुनापतिमा अनुगमन

रामेछाप – रामेछापका दुई स्थानीय तहमा कोरोना संक्रमण हुन नदिनका लागि संचालित कृयाकलापहरुको आईतबार जिल्ला स्तरिय अनुगमन समितिबाट अनुगमन भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको नेतृत्वमा गएको अनुगमन समितिले खाँडादेवि र सुनापति गाउँपालिकामा भएका पूर्व तयारी र सावधानिका कार्यहरुका बारेमा अनुगमन गरेको थियो । खाँडादेवि गाउंपालिका र सुनापति गाउंपालिकामा स्थापना गरीएका आईसुलेसन र क्वारेन्टाइन कक्षको अवलोकन गर्नुका साथै जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुका विच अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रियाका क्रममा काठमाण्डौं र बाहिरी जिल्लाबाट घर फर्केकाको अवस्था, उनिहरु माथि गरिएको निगरानी, दैनिक उपभोग्य सामाग्रिको अवस्था र राहत वितरणको कार्यमा भएका गतिविधिहरुका बारेमा समेत छलफल भएको थियो ।
दुवै गाउंपालिकाका प्रमुख लगाएतका जनप्रतिनिधिले कृषि उत्पादनलाई जोड दिदै उत्पादित कृषि उपज विक्री नभए वजारको ग्यारेन्टी गरेको, घर फर्केकाहरुको विवरण अद्यावधिक रहेको र उनिहरुलाई घर भन्दा बाहिर नजान र गई हाले आफ्नो कृषि कार्यका लागि सिमितमा राखिएको, ठुला भेला र छलफल नभएका वताएका थिए ।

सुनापति गाउंपालिकाले स्वास्थ्य उपकरणमा जिल्लामै पहिलो पटक ३ वटा भेन्टीलेटर खरिद गर्ने निर्णय गरेको अध्यक्ष धावा लामाले वताए । उनले गाउंमा दैनिक खाद्य सामाग्री सहकारी मार्फत ल्याएर विक्री वितरणको थालनि गरेको वताए । खाँडादेवि गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङले गाउंपालिकामा भित्रीएका स्थानीयहरु बालीनाली लगाउनका लागि लागेको वताए । उनले खाद्यान्नको संकट भईनसकेकोले राहत वितरण नगरिएको वताए ।

खाँडादेविमा कोरोनाको संक्रमण भइहालेमा तत्काल अस्पतालको शैया वनाउनका लागि प्रयाप्त बेड र टेण्टहरु तयारी अवस्थामा राखिएको र केहि खाद्यान्न समेत स्टक रहेको अध्यक्ष तामाङले वताए । दुवै गाउँपालिकामा रोकिएका विकास निर्माणका कार्यहरु अव संचालन गर्नुपर्नेमा जोड दिइएको थियो ।

अनुगमनका लागि जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रमुख र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको