पुर्णागिरी एक अनुभूति अनेक:धार्मिक यात्रा स्मरण 

लामो समयको प्रतीक्षा पछि हामी देशकै पश्चिम क्षेत्रको भ्रमण गर्ने अवसर जुरेको थियो। यो छोटो अवसरलाई उपयोग गर्दै हामीले महेन्द्रनगर देखि नजिकै रहेको प्रसिद्ध पुर्णागिरी देवीको मन्दिर दर्शन गर्ने निधो गरेका थियौ। जस अनुसार २०८० पौष २१ गते शनिवारको दिन हामी पुर्णागिरी देवीको प्रत्यक्ष दर्शन गरेका थियौ। भारतको उत्तराखण्ड स्थित चम्पावत जिल्लाको पुर्णागिरी पर्वतमा अवस्थित पुर्णागिरी मन्दिर विभिन्न शक्ति पीठहरू मद्येको एउटा शक्ति पीठको रूपमा रहेछ। पुर्णागिरी मन्दिरको स्थापनाको सन्दर्भमा सन् १६३२ मा कुमाउँका राजा ज्ञान चन्दको पालामा गुजरातबाट आएका चन्द्र तिवारी भन्ने एक व्यक्ती द्वारा पूर्णागिरी पर्वतको टाकुरोमा देवीको मूर्ति स्थापना गरिएको मानिन्छ। उनको भनाई अनुसार उनले देवस्थलको महिमा बारे सपना देखेका थिए र सो कुरा राजामा बिन्ती गरी आदेश अनुसार पूर्णागिरी मन्दिरको स्थापना गरेका थिए।

यस मन्दिरमा बर्सेनि लाखौँ धार्मिक पर्यटकहरू आउने गर्ने गर्छन्। पुर्णागिरी मन्दिरमा सतीदेवीको नाभि पतन भएको भन्ने जन विश्वास रहेको छ । हरेक वर्ष चैते नवरात्रीमा विशेष मेला लाग्ने गर्दछ भने तत्पश्चात् करिब ३ महिना यहाँ मेला लाग्ने गर्दछ। यहाँ नेपाली तथा भारतीय तीर्थ यात्रीहरूको निकै भिड लाग्ने गर्दछ। उक्त मन्दिरको दर्शन गरे पश्चात् कञ्चनपुर जिल्ला स्थित सिद्धनाथ (ब्रह्मदेव) मन्दिरको दर्शन गर्नु पर्ने धार्मिक मान्यता रहेको छ। यसर्थ पुर्णागिरी जाने हरेक तीर्थ यात्रीहरू कञ्चनपुर स्थित ब्रह्मदेव वा महेन्द्रनगर स्थित सिद्धनाथ बाबाको मन्दिरको दर्शन गर्न आउने गर्छन्। एउटा धार्मिक विश्वास अनुसार बाबा सिद्धनाथ पूर्णगिरी देवीका भक्त थिए एक दिन पूर्णागिरी देवी आफ्नो शयन कक्षमा शृङ्गार गरिरहेको वेला अचानक बाबा सिद्धनाथ देवीको शयन कक्षमा प्रवेश गरेपछि देवी रिसाएर बाबाको शरीरलाई टुक्रा-टुक्रा पारेर आकाशमा फ्याकेकी थिइन् । पछि देवीले थाह पाइन कि शयन कक्षमा प्रवेश गर्ने व्यक्ति अरू कोही नभई उहाँका भक्त बाबा सिद्धनाथ थिए। देवीलाई पश्चात्ताप भयो र देवीले बाबालाई वरदान दिइन कि मेरो दर्शन पश्चात् जसले बाबा सिद्ध नाथको दर्शन गर्दछ अनि मात्र उनीहरूको मनोकामना पूरा हुनेछ।हामी पनि पुर्णागिरी मन्दिर दर्शन पश्चात् भोलिपल्ट महेन्द्र नगर स्थित सिद्धनाथ मन्दिरको दर्शन गरेका थियौ र त्यसको दुई दिन अघाडी ब्रह्मदेव स्थित सिद्धनाथ मन्दिरको समेत दर्शन गरेका समेत गरेका थियौ।

नेपालको कञ्चनपुर जिल्लाको महेन्द्रनगर नजिक भारतको बनवासा बजार बाट टनकपुर हुँदै करिब ३० किमीको दुरीमा रहेको पुर्णागिरी मन्दिर टाकुरोमा पुग्न गाडीबाट झरेपछि करिब ३ किमी सिढि मार्फत पैदल हिँडेर जानु पर्छ। पहाडको चोटिमा निकै सानो स्थानमा रहेको रहेको यस मन्दिर परिसर वरपर मुस्किलले आवत जावत गर्न सकिन्छ। पैदल यात्राका क्रममा बाटोमा पर्याप्त धर्मशालाहरू, चिया नास्ता खाना खाने भोजनालयहरू र फुल प्रसादका पसलहरू पनि देख्न सकिन्छ। पर्याप्त विश्राम स्थलहरू र गुञ्जायमान भजन कीर्तनका धुनहरूले सिढि चढेको थकान समेत मेटिने अनुभूति हामीले गरेका थियौ। यहाँ पुग्नको लागी केबलकारको समेत निर्माण भैरहेको र एक डेड वर्ष भित्र सञ्चालनमा समेत आउने स्थानीयहरूको भनाई रहेको थियो। यस पुर्णागिरी मन्दिरको सम्पूर्ण व्यवस्थापन आम्दानी खर्चको हिसाब किताब टनकपुर स्थित पाण्डेय तथा तिवारीहरूबाट हुने गरेको पनि यहाँको भ्रमणको क्रममा बुझियो।

हरेक स्थानको भ्रमण गर्दा उक्त स्थानको बारे केही छोटो भए पनि जानकारी लिनु पर्छ भन्ने मेरो मान्यता रहेको छ। तथापि जो कोहीले पनि आफू पुग्ने ठाउँको बारे एउटा अनुमान गरेको हुन्छ। मैले यस्तै मन्दिरको विना जानकारी लिई नेपालको खोटाङ जिल्ला स्थित हलेसी मन्दिरको आकस्मिक दर्शन गर्न पुगेको थिए जस अनुसार पहाडको चोटिमा एउटा सानो मन्दिर अवस्थित होला भन्ने मेरो पूर्वानुमान थियो।तर अवस्था अनुमान भन्दा पूर्ण फरक थियो। एउटा गुफा भित्र अवस्थित मन्दिर त्यसको पौराणिक विशेष महत्वको इतिहास रहेछ। नेपाल भारतमा लाखौँ भक्तजनहरूले दर्शन गर्ने रहेछन्। त्यस्तै पूर्णागिरी मन्दिर मेरो कल्पनामा पहाडको टाकुरोमा ठुलो आकर्षक मन्दिर होला भन्ने थियो। तर त्यहाँ पुग्दा अनुमान भन्दा पूर्ण फरक पाइयो। सिँढी चढ्दा चढ्दै पहाडको चोटिमा ढुङ्गामा अडेको एउटा सानो देवीको मन्दिर रहेको र उक्त मन्दिर दायाँ बायाँ घुम्ने स्थान सम्म पनि रहेन छ। वास्तवमा देवी देवताहरूको मन्दिर त्यसको भौतिक निर्माण गरिएको स्वरूपको आकर्षण भन्दा त्यसको पौराणिक, ऐतिहासिक महत्वमा अवस्थित हुने रहेछ भन्ने मैले अनुभूति गरेको थिए। एउटा तत्थ्य अनुसार अनुसार पुर्णागिरी मन्दिरमा बर्सेनि २५-३० लाख धार्मिक पर्यटकहरूले यात्रा गर्ने रहेछन्।

पुर्णागिरी मन्दिर पुग्नु भन्दा करिब एक किलोमिटर पहिले झुठा देवीको मन्दिर रहेको छ त्यस मन्दिरले पनि त्यहाँ जाने भक्तजनहरूलाई आकर्षित गर्ने गर्दछ। एक पौराणिक मान्यता अनुसार भारतका एक धनाढ्य निसन्तान व्यक्तिले सपनामा देवीको दर्शन पाएछन् र देवीले मेरो दर्शन गरेमा तिम्रो सन्तान हुनेछ भन्नु भएछ। उनी तुरुन्त पुर्णागिरी देवीको दर्शन गर्न गएर यदि आफूलाई पुत्र प्राप्त भएमा सुनको घण्टी चढाउने भाकल समेत गरेछन्। देवीको आशीर्वाद पाई पछि उनलाई पुत्र प्राप्त भएछ र उनले भाकल अनुसार सुनको घण्टी चढाउनु पर्नेमा मनमा लोभ जागेर तामामा सुनको जलप लागेर घण्टी तयार गरेछन्। जब त्यो घण्टी चढाउन ज्यादै थिए दुन्यास भन्ने ठाउँमा विश्राम गर्दा पछि त्यो घण्टी उठाउन सकिएन। घण्टी उठाउन नसकिए पछि देवीले घण्टी अस्वीकार गरेको ठानी त्यही नजिक एउटा मन्दिर बनाएर त्यसलाई राखिएछ। उक्त ठाउँलाई अहिले झुठा देवीको मन्दिर भन्ने गरिन्छ र त्यहाँ कुनै पूजा आजा नहुने भएता पनि पौराणिक मान्यता अनुसार उक्त स्थानमा सबै भक्तजनहरूको ध्यानाकर्षण हुने गर्छ र झुठादेवीको मन्दिर भनेर फुल प्रसाद चढाउने गरिन्छ।
महेन्द्रनगर नजिक भारतको उत्तराखण्डमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पुर्णागिरी पुग्ने हरेक तीर्थ यात्री नेपालको सिद्धवावाको ( ब्रह्मदेव वा महेन्द्रनगर) भ्रमण गर्ने हुँदा यसको प्रचार प्रसार र प्रवर्धन गरे बर्सेनि लाखौँ धार्मिक पर्यटनहरू यहाँ आउने हुँदा यहाँको व्यापार व्यवसायमा टेवा पुग्ने र यस क्षेत्रको विकासमा महत्त्वपूर्ण आधार बन्ने देखिन्छ। यस तर्फ यहाँका स्थानीय व्यक्ती, नेपाल सरकार, राजनैतिक दलका नेताहरू तथा सरोकार वाला सबैको ध्यानाकर्षण होस् !!

( उल्लेखित तत्थ्यहरु अध्ययन, प्रत्यक्ष अवलोकन तथा विभिन्न पत्रिकाबाट साभार गरिएको हो)

बिनोद पोख्रेल
तुल्सिपुर उपमहानगर पालिका १८, बिजौरी दाङ

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको