तामाकोशीमा माछालाई जाल हान्दै माझीहरू (फोटोफिचर)

रामेछाप- रामेछापको तामाकोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको पेशा लोप हुन थालेको छ । पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशामा पलायन हुने क्रम बढ्दो छ ।

पुस्तौदेखि कोशी किनारमा बसोवास गर्दै आएका माझी समुदायको पुर्ख्यौली पेशा कोशीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा अहिले लोप हुन लागेपछि माझीहरु वैकल्पिक पेशातर्फ उन्मुख भएको मन्थली नगरपालिका १ का स्थानीय डिल्लीबहादुर माझीले बताए।

कोशीमा माछा मार्दै आएका माझीहरु पछिल्लो समयमा करेन्ट लगाएर अन्य मानिसहरुले माछा मार्न थालेपछि कोशीमा माछा पाउनै छाडेपछि उनीहरु माछा मार्ने पेशावाट पनि एकैसाथ विस्तापित हुन पुगेका हुन ।

माझी समुदायको मुख्य पेशा भनेको कोशीमा माछा मार्ने, डुङा तार्ने थियो । अहिले कोशीमा माछा पाईन छोडेको मन्थली ८ का गजविर माझीले दुखेसो पोखे। पहिला गर्दै आएको पेशा अब नहुने भएपछि सबैले नयाँ पेशाको खोजी गरेर काम सुरु उनले बताए ।

पछिल्लो समय जलवायु परिर्वतन सँगै एकातिर हिमालमा हिउँ पर्न छाड्नु, अर्कोतर्फ बर्षात कम हुँदा कोशीमा पानीको सतह कम हुन थालेपछि कोशीमा माछा कम हुँदै गएको माझीहरु बताउँछन् । त्यसैगरी कोशी किनारमा जताजतै इनार खन्नु, कोशीमा ठूलाठूला डोजर लगाएर वालुवा निकाल्ने, कोशीको धार परिवर्तन गर्ने गर्दा पानी धमिलो भएका कारण कोशीमा माछा कम हुँदै गएको र जालमा समेत माछा पर्न छाडे मन्थली गाइखुराका हर्क बहादुर माझीले बताए।

आफ्नो पुर्ख्यौली पेशा लोप हुने अवस्थामा पुग्दा पनि सरकारले केही गर्न नसकेको उनीहरुको गुनासो छ । स्थानीय सरकारले पुर्ख्यौली पेशा संरक्षणमा सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको