भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमित गरेर मात्र प्रवेश (फोटो फिचर)

सोम शर्मा बजगाईं 
भक्तपुर – विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमण गरेर मात्र प्रवेश गराइएको छ ।

जिल्लाको मुख्य नाका साँगा र जडिबुटीमा सवारी साधनलाई स्यानिटाइज् (निर्मलिकरण) गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले तीन सातादेखी निरन्तर रुपमा भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमित गरेर मात्र प्रवेश गराइरहेको छ । रेडक्रस भक्तपुर शाखाले जिल्लाभित्रका उपशाखालाई दैनिक जिम्मेवारी प्रदान गरी गाडी स्यानिटाइज् गरिरहेको छ । काठमाडौँबाट भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई जडिबुटी र काभ्रेबाट भक्तपुर प्रवेश गने सवारी साधनलाई साँगामा निसंक्रमित गरी प्रवेश गराउने कार्य गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाको नेतृत्वमा सयौं गाडी तथा मोटरसाईकल, एम्बुलेन्स, अत्यावश्यक वस्तु वोक्ने सवारी साधनहरुलाई स्यानिटाइज गरिएको छ । उपशाखा सभाापति सोम शर्मा बजगाईको नेतृत्वमा भएको स्यानिटाइज् गर्ने कार्यमा उपसभापति कल्पदिप खड्का, सचिव श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण वास्तोला, विपद् व्यवस्थापनका संयोजक विजय लामिछाने, कार्यसमिति सदस्य दिवाकर मुनंकर्मीसहितको टोलीले डिसइन्फेक्टेड औषधी छर्किएको हो ।

सोडियम हाईड्रो फ्लोराईट औषधीको प्रयोग गरी गाडीलाई निसंक्रमित गरिएको उपशाखाका सभापति बजगाईले जानकारी दिए । एक लिटर सोडियम फ्लोराईटमा १५ लिटर पानीको प्रयोग गरि निसंक्रमण गरिएको उनले जानकारी दिए  ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको