भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमित गरेर मात्र प्रवेश (फोटो फिचर)

सोम शर्मा बजगाईं 
भक्तपुर – विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमण गरेर मात्र प्रवेश गराइएको छ ।

जिल्लाको मुख्य नाका साँगा र जडिबुटीमा सवारी साधनलाई स्यानिटाइज् (निर्मलिकरण) गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले तीन सातादेखी निरन्तर रुपमा भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमित गरेर मात्र प्रवेश गराइरहेको छ । रेडक्रस भक्तपुर शाखाले जिल्लाभित्रका उपशाखालाई दैनिक जिम्मेवारी प्रदान गरी गाडी स्यानिटाइज् गरिरहेको छ । काठमाडौँबाट भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई जडिबुटी र काभ्रेबाट भक्तपुर प्रवेश गने सवारी साधनलाई साँगामा निसंक्रमित गरी प्रवेश गराउने कार्य गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाको नेतृत्वमा सयौं गाडी तथा मोटरसाईकल, एम्बुलेन्स, अत्यावश्यक वस्तु वोक्ने सवारी साधनहरुलाई स्यानिटाइज गरिएको छ । उपशाखा सभाापति सोम शर्मा बजगाईको नेतृत्वमा भएको स्यानिटाइज् गर्ने कार्यमा उपसभापति कल्पदिप खड्का, सचिव श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण वास्तोला, विपद् व्यवस्थापनका संयोजक विजय लामिछाने, कार्यसमिति सदस्य दिवाकर मुनंकर्मीसहितको टोलीले डिसइन्फेक्टेड औषधी छर्किएको हो ।

सोडियम हाईड्रो फ्लोराईट औषधीको प्रयोग गरी गाडीलाई निसंक्रमित गरिएको उपशाखाका सभापति बजगाईले जानकारी दिए । एक लिटर सोडियम फ्लोराईटमा १५ लिटर पानीको प्रयोग गरि निसंक्रमण गरिएको उनले जानकारी दिए  ।

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको