धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य आमा याङ्ग्री (फोटोफिचर)

आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण गन्तव्य हो । समुन्द्री सतहदेखि ३,७७१ मिटर उचाईमा अवस्थित यो सुन्दर पहाड र त्यसमाथि आमा ज्योमो यांग्री मन्दिरले मनै लोभ्याउँछ। काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा पर्ने आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ । धार्मिक र ग्रामीण पर्यटनका कारण नेपालको पर्यटकीय क्षेत्रमा प्रख्यात हेलम्बु राजधानी काठमाडाैंबाट नजिकैको गन्तव्य हो। 

चारैतिर हिमालै हिमालको लस्कार, तल्लो क्षेत्रमा देखिने गाउँवस्ती, जंगल र पहाडका टाकुराहरुको लोभलाग्दो दृश्यले सबैलाई मोहित पार्दछ । यहाँबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । पदयात्रामा पर्यटकले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाउँछन् ।

हेलम्बु प्राकृतिक र भौगोलिक रूपमा आकर्षक र नजिकको सजिलो पदयात्रा हो । यसका अतिरिक्त धार्मिक महत्व बोकेका प्राचीन गुम्बा, स्तुपा, मनमोहक झरना र विभिन्न वनजंगल पनि अवलोकन गर्न सकिन्छ । हेलम्बु भेगमा पल्चोकी भगवती माई पनि ठूलो धार्मिक आस्था रहेको स्थल हो । आमा याङ्ग्री हेलम्बु हेरिटेज ट्रेल (तल्लो हेलम्बु ट्रेक), माथिल्लो हेलम्बु ट्रेक र गन्जला पास ट्रेकको रुटमा पनि पर्दछ । नयाँखाङ हिमाल (गन्जला चुली), आमा बाङरिमा आरोहण गर्न जाँदा पनि यही बाटो हुँदै जान सकिन्छ ।

तस्वीर: रमिता छुँजु 

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको