माकुनेको बुइ चढेर सत्ता हत्याउने प्रचण्डको छिर्के दाउ

निर्मल घिमिरे

काठमाडौं – अहिले सारा बिश्व कोरोना भाइरसको माहामारी रोकथाम तथा नियंत्रणको महाअभियानमा छ । यसबाट बच्ने र आफ्ना नागरिकहरुलाई बचाउन अनि यसको औषधि पत्ता लगाउने र कसरी हुन्छ यस माहामारीबाट सुरक्षित हुन सकिन्छ भनेर सारा बिश्व दौड धुप गरिरहेका छन । हाम्रो सरकारले पनि आफुसँग भएको क्षमता, उपलब्ध साधन श्रोत र अबस्था अनुसार यस काममा लागिपरेको छ । जसरी बिश्व महामारी निर्मुलिकरण गर्न खटीरहेको छ, त्यो भन्दा बढ्ता हाम्रा नेताहरुले बर्तमान सत्ता ढालेर यो बिसम परिस्थितीमा आफु सर्वशक्तिमान बन्न न त दिन भनेका छन न त रात नै । साँझ बिहान केहि नभनी ‘ओभर टाइम’ खट्दै गरेको दृस्य नेपाली राजनितिक परिपक्षमा हामी देख्दै छौ । बढो अचम्मकै दौड धुप गरिरहेको देखिन्छ ।

यतिबेला नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको छ । घटनाक्रम यसरी नै विकास भए नेकपा दुर्घटनामा पर्नसक्छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न प्रभावशाली नेताहरु सक्रिय भइसकेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो कोटेश्वरमा पुगेर माधवकुमार नेपाललाई प्रधानमन्त्री पदको प्रस्ताव गरिसकेका छन् । नेपालले आफू निकट स्थायी कमिटि सदस्यहरुको छुट्टै भेला गरी सुझाव लिएपछि प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्डले ओली हटाउन माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

ओलीलाई असफल सिद्द गराएर हटाउने अभियान चलिरहँदा दुई विवादास्पद अध्यादेश ल्याएर विवादमा पर्दा प्रचण्डले उपयुक्त अवसर देखेका छन् । यसका लागि उनले विगतमा जस्तै ‘ढाडमा टेकेर टाउकामा हान्ने’ रणनीति अपनाएका छन् । उनले जनयुद्धदेखि नै ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अपनाउने गरेका थिए । यसपटक उनले ओलीलाई प्रहार गर्न माधव नेपालको ढाडमा टेक्न खोजेका छन् । प्रचण्डको स्वभाव, महत्वाकाङ्क्षा, चरित्र र सोचको स्तर विश्लेषण गर्दा उनी आफ्नो राजनीतिक जीवनको सर्वाधिक तनावमय र संसयको स्थितिबाट गुज्रदै छन् भन्ने निष्कर्षमा पुगिन्छ । प्रचण्डको राजनीतिक जीवन प्रयोगवाद र उपयोगितावादको चक्रमा सीमित रहँदै आएको छ । हजारौँ मानिसले ज्यान गुमाउने, लाखौँ मानिस स्वदेशभित्रै शरणार्थी बन्ने र पचासौँ वर्ष देश पछाडि पर्ने गरी क्रान्तिको नाममा हिंसात्मक सङ्घर्ष शुरु गर्ने प्रचण्डले विगतमा उठाउने गरेका रङ्गी–बिरङ्गी र बेढङ्गी मुद्दाहरूलाई तिलाञ्जली दिँदै ‘एमाले पथ’लाई स्वीकार गरेका कारण पार्टी एकीकरणलाई माओवादीको एमालेमा विलय भएको हो ।

प्रचण्ड तथा उनको निर्देशनमा भएको हिंसात्मक युद्धकालमा पनि शुरुको पाँच वर्ष तात्कालिन राजा वीरेन्द्रका कारण ‘सुरक्षित’ ठान्ने उनी २०५८ पछिको पाँच वर्ष छिमेकी मित्रराष्ट्रबाट प्राप्त ‘स्नेह’का कारण कुण्ठित महशुस गर्नु नपर्ने तहमा रहेको ठानिन्थ्यो । आफ्नो निजी राजनीतिक एवम् आर्थिक महत्वाकाङ्क्षा पूरा गर्न क्रान्तीको जलप लगाउन सिपालु प्रचण्डमा कुनै खास समयमा विगतको अमेट्य गल्तीका निम्ति प्रायश्चित भाव उत्पन्न हुनु वा नहुनुको मूल्य त्यतिबेलै निर्धारण हुनेछ । अहिले ओलीलाई असफल बनाउन प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर प्रहार गर्न खोजिरहेको देखिन्छ । यसलाई ओलीले कसरी सामना गर्छन् हेर्न बाँकी छ । ओली पनि प्रचण्डको टाउकोमाथि तरबार झुण्ड्याएर कमजोर बनाउन लागिपरेका छन् । यसले नेकपाभित्रको द्वन्दको राजनीतिले ठूलै राजनीतिक उथल-पुथलको मार्ग कोर्न सक्ने देखिन्छ ।

देशलाई आफ्नो राजनीतिक एजेन्डामा हिडाउन सफल प्रचण्डले अनेकन पात्रहरुलाई उचाल्ने र साइजमा ल्याउने गर्दै आएका छन् । यस क्रममा उनी बेलामा बेलामा चुक्ने पनि गरेका छन् । प्रचण्डले गणतन्त्र र संघीयताको आफ्नो एजेन्डामा देशलाई बढाउने क्रममा यस अघी शेर बहादुर देउवालाई काधमा उचालेर लास्टमा फेद काट्न चालेका कदम होस वा ओलि नेतृत्वको पहिलो सरकार गठन र बिघठनमा खेलेको खुरापाती भूमिकाको बारेमा जनता एबम कार्यकर्ताले लगाउदै आएका आरोप के कत्ती सत्य हुन वा होईनन त्यो सबैले मनन गरेकै छन ।

हामी भोटरहरुलाई अझै कतिन्जेल गुमराहमा राख्ने मनसाय छ कमरेड ? अब त जनता पहिलाको कस्तो एकोहिरो र जे भन्यो त्यो सजिलै पत्त्याउने वाला छैनन कमरेड । “सामन्ती सर्वसत्ता नढलेसम्म्, सर्वहारा वर्गको शासन नआएसम्म हाम्रो ज्यानको कुनै परवाह छैन, हामी टाउकोमा राता फेटा बाधी बलिदानी दिन पनि पछि हट्दैनौ” भनेर गाउँघरका सोझा-सिधा गरीब दाजुभाइ दिदीबहिनीहरुलाई हिजो यो माथी उद्गारित वाक्य कण्ठै गर्न घोकाए ।

सबैले सोही अक्षरस घोके पनि तर उनीहरुले निहित स्वार्थ त्यतिबेला मात्र बुझे कि, शासनमा पुगेपछि त त्यो केवल आफ्नै छोरीलाई मेयर बनाउन, बुहारीलाई मन्त्री बनाउन, सम्धीलाई राजदुत बनाउन, भाइ भारदार, नातागोता आफन्तहरुलाई राज्यबाट जति सक्दो स्रोत साधन दिलाएर भुडी भराउन्, अरबौको लगानी अरु कै नाममा बि एण्ड सी अस्पताल जस्तो बिवादास्पद कम्पनीहरुमा लगानी गरेको भन्ने आरोप पनि सुनिदै आइएको हो । तर सम्पति विवरणमा एक घडी र दुइ कट्ठा जमिन उल्लेख गरेको पनि राम्रैसँग भेउ पाइसकियो । अनि क्रान्तीमा लाग्ने सच्चा सिपाहीहरु कि त अयोग्यताको उपमा लिएर तीन/चार लाख लिएर धपाइए, कि त अपाङ्ग भएर माग्दै जीवन गुजार्दै छन कि त खाडी लगाएतमा मुलुकमा या आफ्नै भुमीमा अत्यन्तै निकृष्ट किसिमको श्रममा रुदै खटी दुइ छाक टार्न जोतिइरहेका छन ।

अब एकलौटी रुपमा प्रचण्ड पार्टीको अध्यक्ष बन्ने अवसरबाट वञ्चित भए भने यही निहुँमा तिनले पार्टीभित्र आँधी–बेहरी सिर्जना गर्नेछन् र अध्यक्ष बने भने उनको सहयोगी या चर-अनुचर बन्न नसक्ने स्वाभिमानी नेता तथा कार्यकर्ताहरू पार्टीबाट भाग्नुपर्ने अवस्था बन्ने निश्चितप्रायः छ । यि सबै तिक्डम मा माकुने इतरका केहि नेता हरुले प्रचण्ड कमरेड को निहित उद्देस्य बुझ्न नसक्नु इतिहास कै ठुलो भुल हुनेछ कि काध मा टेकेर टाउकामा हान्न खप्पिस प्रचण्डले कालन्तरमा अर्को शिकार उनीहरुलाई बनाउने निश्चित प्राय छ, ढिलो चाडो को कुरा हो ।

सदा-सर्वदाको फोहोरी खेलको क्याप्टेनले कोच गरेको उनीले सिकाएका राजनैतिक विद्यालयबाट हामी विद्यार्थीहरुले के सिक्नु ? उहाँहरुले नै हो हामी कार्यकर्तालाई स्थिर सरकार निर्माणका लागी कम्युनिस्ट पार्टीमा भोट माग्न निर्वाचनमा अर्हाउनु / खटाउनु भएको । उहाँहरु कै आदेशले नै हो हामी जनताका घर दैलोमा गएर हात जोड्दै “थिरताका खातिर हाम्रो पार्टीलाई भोट दिनुहोस्” भन्दै हिडेको ।

तर अहिले २ साल नपुग्दै अनेक बखेडा निकालेर अस्थिरता निम्त्याउन अग्रसर भएको देख्दा आफ्नो मत र मन दिएर जिताएर पठाउने जनताहरुसँग कुन मुख लिएर जानु हामी ? यो प्रश्नको उत्तर हामी कार्यकर्तालाई चाहियो कमरेड । के जनताको घर दैलोमा अझै पनि दात ङिच्च्याउदै जानु हामी ? हाम्रो स्कूलको हेड सर हो तपाइ, अब तपाइको स्कूलबाट हामी के सिक्ने अध्यक्ष कमरेड ? माधब कमरेड हाम्रै नेता हुन , बामदेब्, जे.एन., प्रचण्ड सबै हाम्रै नेता हुन तर नेताजीहरुको यस्तो दोधारे चरीत्रले हामीलाई निरुत्साहित बनाएको छ । उमेर बढी भएकै कारण तपाइहरुले नेकपालाई यहाँ पुर्याउन पक्कै हामी भन्दा धेरै घामपानी खेप्नु भो होला तर हाम्रो आफ्नो उमेर अनुसार आफ्नो ठाउबाट त्यो भन्दा कम खटिएको छैनौ हामी कार्यकर्ताहरु पनि, त्यसैले नेकपाको एक सच्चा कार्यकर्ताको नाताले मैले यस्ता प्रश्नको उत्तर माग्ने मेरो अधिकार सुरक्षित छ ।

मदन भन्डारीले तयार गरेको पार्टीको लोकप्रियताको ब्याज १५ बर्षसम्म खाएर पार्टीलाई रक्षात्मक हालतमा पुर्याएर छोडेर भाग्ने माधव नेपाल अब ओलीले बनाइदिएको पार्टीको लोकप्रियताको ब्याज खान ज्यान फालेर लागेका छन । उनको पुच्छर समाएर पद ढुकेर बसेकाहरु जुगा झै सल्बलाएका छन । त्यस्तो अट्याक लाई ओलीलाई समर्थन गर्ने हामी जस्ता कार्यकर्ता हरुले चाही के काउण्टर अट्याक गर्दैनन होला र ? यीनले कु गरेर पदै प्राप्त गरेछन भनेपनि सजीलै खाउँला भन्ठानेका छन्? यस्तो दिवास्वप्न नदेखे हुन्छ । कुर्शीको बार्गेनीङमा फुर्सदै नदिने अनि त्यसैमा टेकेर फेरी अर्को बार्गेनीङ गर्ने । यी लामा सुँड भएकाहरुलाइ यो देश र जनताको कुनै मतलव छैन भन्ने देखिन्छ । यदी ओली असफल भएको भए उनले कसरी प्राप्त गर्दथे ‘महान लिडरसिपको अन्तरास्टृय अवार्ड’ ? यो मनन पक्कै जनता हरुले गरेका छन, तसर्थ कमरेड प्रचण्ड र माकुने इतरका नेता ज्यु हरुले अनर्गल प्रचार गरेर खोइरो खन्नु यो बेला उपयुक्त मौसम होईन ।

अरुणा लामाको गित जस्तै पोहोर साल खुशी फाट्यो, त्यसलाई ओलीले टालिदिए । अर्को साल फेरी खै फाट्यो, त्यसलाई पनि सिलाईदिए । यसपाली त झनै पुरै मन नै फाटेको हुँदा त्यसलाई पनि केहि न केहिले सिउनै पर्ने ओलीलाई बाध्यात्मक अवस्था छ । माकुने कमरेड र प्रचण्ड कमरेडको दुखी आत्मालाई खुशी बनाउदा बनाउदै यो कार्यकाल सकिन लागिसक्यो ओलीको । भागबंडावादी र स्वार्थवादी नेताहरुको पछि लागी पार्टी भित्रको घाउ कोतर्नु भन्दा पार्टी जोगाउनमा लागौ। ‘पार्टी रहे मात्रै तपाई हाम्रो अस्तित्व रहन्छ, हैन भने तपाई हामी केहि पनि होईनौ’ कुराको ख्याल गरौ है साथी हो। विश्व कम्निस्ट ईतिहासकाे हविगत हेरर त नपलायकाे बुद्धि! अरुके हेरेर पलाउने हाे समयले बताउला । सबैको परिक्षण जनता हरुले गरिसके । सबैलाई मौका दिइ नै सके जनताले । त्यी भएका मध्य उत्तम त केवल ओली नै थिए र छन पनि । यस अघी सबैको नाडी छामी सकियो ।कत्तीनजेल खेल्ने यस्तो फोहोरी सत्ता को खेल ? मानौ ओली बाहेक अरु कुनै ए बि सि डी नै आए पनि कुनै लछार्पाटो लाउने होईन ।

पार्टी भित्र उतपन्न भएको घाउमा मल्हम लगाउनु छोडेर हाम्रा केहि सर्वगुण सम्पन्न कम्युनिस्टका हेड मास्टरहरूले लगातार घाउ कोतर्ने काम गरि रहनु भएको छ। के तपाईहरूले कहिले कल्पना गर्नु भएको छ, यसले के कस्ता अवस्था निम्तयाउन सक्छ भनेर? अझ समय छ, हामी सबै सजग बनौ । मूल्यांकन त समयले गरेकै छ । सबैमा राम्रा गुण मात्रै हुँदैन, नराम्रो गुण पनि हुन्छ । कतिपय जन्मजात र कार्यशैलीगत स्वभाव पनि हुन्छन् । कमजोरी सबैका छन् सबल पक्ष पनि छ । राम्रा- राम्रा गुणहरु मिलाएर उन्नत जातको नेकपा बनाउनुस् । बंशाणुगत सुधारको खाँचो छ । विकल्प नभएर मान्छेहरु अडिएका छन् । हुनासाथ लाग्न सक्छ त्यो खतरा छ ।

बेलैमा सचेत हुनुहोस् । “भाइ फुटे गवार लुटे” केही समस्या भय छलफल बिचार विमर्श गरेर निश्कर्ष निकालाै, सामाजिक संजालमा कसैले पनि भद्दा गतिविधि प्रदर्शन नगरौँ । हामी कसैले पनि नभुलाै अहिले सिङ्गो विश्व नै काेराेना भाइरस विरुध्दकाे अघाेषित तेस्रो विश्व युध्दमा छ र त्यसबाट नेपाल र हामी काेहि नेपाली पनि अछुताे छैन । एकै गन्तव्य, एकै सोच र एउटै सिद्धान्तका सहयात्रीहरू प्रति बैरी अनि जानी-दुस्मन झै एकले अर्कालाई सिध्याउने फोहोरी गेम नखेलौ । अनि राम्रोसँग जोत्दै गरेको गोरुको पुच्छर निमोठ्न पट्टी कोही पनि नलागौ । अर्को आवधिक निर्वाचन आइ नि हाल्छ हो कमरेड हो ! त्यत्ती त धैर्य गरौ । आपसमा मिलेर काम गर्नुहोस । कमरेडहरु ! आफ्नै घर पोलेर खरानी बेच्न खोज्नु कत्तिको बुद्दिमतापूर्ण मानसिकता हो कृपया मनन गरौँ  ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको