एफएम रेडियोलाई राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग

सन्तोष भट्टराई, काठमाण्डौ – रेडियो ब्रोडकास्टर्स फोरम नेपालले कोभिड १९ बाट एफएम रेडियो सञ्चालनमा परेको नकरात्मक प्रभावबारे ध्यानाकर्षण गराउँदै राहत र सहयोगको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

रेडियो ब्रोडकास्टर्सहरुको तर्फबाट ब्रोडकास्टर्स फोरमका अध्यक्ष आर.के श्रेष्ठले सोमबार सरकारका प्रबक्ता एबमं सञ्चार तथा सूचना प्रबिधि मन्त्री डा. युवराज खतिवडा र सचिव दिपक सुवेदीलाई ४ बुँदे ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् । लकडाउनको समयमा आम जनतालाई सूसुचित गराउन सबैभन्दा प्रभावकारी भूमिका खेलेको रेडियो स्टेशनहरु भने लकडाउनका कारण आर्थिक दूरावस्थामा पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा एफएम रेडियोहरुको आम्दानीको मुख्य स्रोत व्यवसायिक विज्ञापनमा ९० प्रतिशत कटौति भएको उल्लेख गर्दै फोरमले यसैका कारण धेरै रेडियोहरु आर्थिक संकटमा पर्न थालेकोले राहत प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्रमा रेडियोहरुका लागि २ महिनाका लागि आवश्यक थप बजेटको व्यवस्था गर्न र आर्थिक वर्ष २०७७/०७८ को लागि नविकरण शुल्क छुटको व्यवस्था मिलाउन माग गर्नुका साथै आर्थिक वर्ष २०७६/०७७ को अन्तिम चौमासिकका लागि घर भाडा कर छुट गर्न आवश्यक समन्वय गर्न र आगामी ६ महिनासम्मका लागि विद्युत टेलिफोन तथा इन्टरनेट शुल्कमा छुटको व्यवस्थाका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको