ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं –  ९ वैशाखमा भक्तपुरबाट पक्राउ परेका ज्ञानेन्द्रबहादुर शाहीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरू पुरूषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

शाहीलाई पक्राउ गर्दा महानगरीय प्रहरी परिसर चापागाउँ भक्तपुरले जारी गरेको पक्राउ पूर्जीमा ‘संक्रामक रोग ऐन, २०२० सम्बन्धी कसूर’ मा प्रक्राउ गरेको उल्लेख थियो, र त्यसैअनुसार थुनुवा पूर्जी दिइएको थियो। तर, उनीमाथि अनुसन्धानका लागि म्याद थप गर्दा ‘अभद्र व्यवहारतर्फको कसूर’ भनि थप गरिएको थियो।

यस्तो असंगतिलाई नोटिसमा लिएको सर्वोच्च अदालतले शाहीलाई थुनामै राखी अनुसन्धान गर्न पर्ने कारण, अवस्था खुलेको देखिंदैन भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। साथै सर्वोच्च अदालतले उनीमाथि अनुसन्धानका लागि म्याद थप हुँदासमेत म्याद थप गर्नुपर्ने तथा थुनामै राख्नुपर्ने उचित कारण सहित पर्चा खडा भएको नदेखिएको भनेको छ।

तारेखमा राखेर पनि बाँकी अनुसन्धान हुनसक्ने अवस्था विद्यमान हुँदाहुँदै कानून बमोजिम प्रकृया पूरा नगरी थुनामा नै राख्नुपर्ने कारण नभएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ। ‘प्रकृया पूरा नगरी भएको कार्यले कानूनी मान्यता प्राप्त गर्न सक्ने नदेखिंदा यी निवेदकको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा छ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको