काठमाडौं – रातो मच्छिन्द्रनाथको जात्रामा रथको टुप्पोबाट नरिवल खसालिएको छ । आज बुधबार ललितपुरको लगनखेलमा टुप्पोबाट नरिवल खसालिएको हो । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको ४ दिनपछि रथ संलग्न ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन रहेको छ।
लगनखेलमा रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो । रथबाट खसालिएको नरिवल शुभ हुने विश्वास छ । त्यसैले यो नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।
नेपालको सर्वप्राचीन गोपाल राजवंशावलीमा पनि नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ ।
हेर्नुहोस् तस्वीरहरू :


