काठमाडौं- नेपाली सेनाका ६ जना उपरथीको सरुवा भएको छ । सरुवा हुनेमा उपरथी निरन्जन श्रेष्ठ, बालकृष्ण कार्की आनन्द अधिकारी, अशोक सिक्देल, शशिचन्द्रबहादुर सिंह र सीताराम खड्का रहेका छन् ।सैनिक मुख्यालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले उपरथीहरुको सरुवा गरेको हो ।
उपरथी आनन्द अधिकारीलाई उपत्यका पृतनापति, निरन्जन श्रेष्ठलाई तालिम महानिर्देशनालय, अशोक सिक्देललाई संभाररथी विभाग प्रमुख, शशिचन्द्रबहादुर सिंहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय, र उपरथी सीताराम खड्कालाई निरीक्षणाधिकृत प्रमुख बनाइएको छ ।
सेनामा सामान्यतया एक वर्षभन्दा बढी पृतनापतिको जिम्मेवारी दिने चलन नभएको भए पनि मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणालाई भने एक वर्षभन्दा बढी समय भइसक्दा पनि सरुवा गरिएको छैन् । राणालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतनापतिको जिम्मेवारीमा नै राखिरहेका छन् ।
