काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा नेविसंघका पुर्व केन्द्रिय सदस्य रत्नहरि ढुंगेलसहित विद्यार्थी नेताहरुको एक टोलि करिव एक सातादेखि खाद्यान्न तथा तरकारीका पोका बोकेर विभिन्न जिल्लाबाट काठमाडौं डेरा गरि बस्ने दर्जनौं विद्यार्थीको डेरामा पुगेका छन् ।
लकडाउनका कारण घर फर्कन नपाएका तथा खर्चको अभावमा समस्याग्रस्त विद्यार्थीहरुलाई दाल, चामल , नुन , तेल , चिनी , चियापत्ती र आलु,प्याज र हरियो तरकारीहरु जस्ता खाद्य पदार्थ उपलब्ध गराएको नेता अधिकारीले जानकारी दिए । समस्यामा परि हामीसंग सहयोगको आग्रह गर्ने साथीहरुका लागि आवस्यक सामाग्री बोकेर हामी उहाँहरुको डेरा नै पुग्ने गरेका छौँ उनले भने ।
हालसम काठमाडौ ,भक्तपुर र ललितपुरमा डेरा गरि बस्ने करिव २०० विद्यार्थीलाई राहत उपलब्ध गराइसकेका छौँ र उक्त राहत सामाग्रीहरु बाइक तथा स्कुटरमा राखेर फोन गर्दै लोकेसन लिँदै विद्यार्थीको डेरामा पुगे गरेको उनले बताए । स्थानीय निकायहरु राजनिति स्वार्थमा लिप्त छन् उनीहरुले बाहिरका विद्यार्थी मजदुर भन्दा पनि आफ्ना मतदाताहरुलाई प्राथमिकता राख्ने भएकाले विद्यार्थीको समस्या समाधान हामीले गर्नु परेको नेता रत्नहरी ढुंगेलले बताए । आफुहरुले एक सातादेखि खाद्यान्न तथा राहत वितरण कार्य गर्दै आएको र अझै केही दिन जारी राख्ने उनको भनाइ छ।
साथै उक्त राहत सामाग्री कतै आफैं जुटेर उपलब्ध गराएको त कतै समाजसेवी , दाता मार्फत उपलब्ध गराएको जानकारी दिए । नेता अधिकारीले थपे ” यो सबैले सबै स्वार्थ भन्दा माथी उठेर सकेको मानवीय सेवामा जुट्नुपर्ने बेला हो” सबै जुट्दा हामीले अफ्ट्यारो भन्दा अफ्ट्यारो परिस्थितिको सामाना गर्न सक्छौ । निश्चय नै यो असजिलो परिस्थितिमा विद्यार्थी मजदुरलाई धेरै समस्यहरु आइपर्छन । हामी साथ दिन तयार छौँ । दुख बाढौं सुख साटौं ।
