एसईई प्रिन्सेस बाह्रौं संस्करणको ताज प्राप्तिलाई, १३ जनालाई विशेष शैक्षिक सेवा सम्मान

काठमाडौं – सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं संस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल भएकी छिन् । उनले एसईई प्रिन्सेससँगै मोष्ट टेयालेन्टको अवार्ड पनि हात पारिन् भने फष्ट रनरअप प्रीति शर्मा,सेकेण्ड रनरअप निरजरा श्रेष्ठ,थर्ड रनरअप ज्यास्मिन धमेना र फोर्थरनरअप शुभ के.सी. विजयी भए।

विजेता श्रेष्ठले ल्यापटप तथा नामीकलेजमा १ लाख बराबरको छात्रावृति प्राप्त गरिन्,फष्ट र सेकेण्डरनरअपले क्रमसः स्यामसङम मोवाइल फोन साथै दशजोड दुई अध्ययनको लागि छात्रावृति प्राप्त गरे भने थर्ड र फोर्थ रनरअपले डिजिटल स्माट वाच साथै छात्रावृति पाएका छन्।

त्यसैगरी, अन्य विविध सव टाइटलमा अर्गनाइजर च्वाइस इभा कपाली , पपुलर च्वाइस सविना तामाङ, मिस स्टाइलिस क्रीस्मि गुरुङ, भियोर्स च्वाइस कृर्पा केसी, फोटोजेनीक रन्जना ठकुरी, क्रियटिभ अवार्ड एकता अर्याल र वेष्ट वाक सिचु मर्हजनले हात पार्न सफल भएका थिए ।

कार्यक्रम वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्याउने, आत्मविश्वास बढाउने मन्त्री सुडीले धारणा राखे । शिक्षक सम्मान र विद्यार्थीको प्रतिभा उजागरमा सहयोग पुर्याउने यस्ता कार्यक्रमको विशेष महत्व रहने बताउदै उनले यस्ता कार्यक्रम आगामी दिनमा बृहत गर्दै लानुपर्ने बताए ।

उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय शिक्षक तथा शिक्षिकाहरुलाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्धारा सम्मान गरिएको थियो । नेहा केसी प्रिन्सिपल स्वस्तीश्री गुरूकुल आई विवल्ड स्कुल, द्रोणबहादुर अधिकारी प्रिन्सिपल मनमोहन मेमोरियल कलेज, रविन्द्रजंग थापा प्रिन्सिपल रिलाइन्स कलेज, सरिता शाक्य प्रधान इन्टरनेशनल रिलेसन्स कोओर्डिनेटर साउथ वेस्टन स्टेट कलेज, सुनोज कैनी एकेडेमिक डाइरेक्टर रेडन कलेज, देवेन्द्र तिमिल्सिना बजार व्यवस्थापन प्रमुख मिड भ्याली कलेज शिक्षा पत्रकार मकर श्रेष्ठ, ध्रुवप्रसाद तिमिल्सिना गुणस्तर प्रत्यायन प्रमुख काठमाडौं मोडेल कलेज, सङ्गीता श्रेष्ठ प्रिन्सिपल काठमाडौं भ्याली कलेज, टंककुमार चापागाई अध्यक्ष प्याब्सन टोखा, आन्नदकुमार यादव सचिव हिसान बामगती प्रदेश, जेसिका चेमजोङ अध्यक्ष हिसान काठमाडौं र  प्रेम गुरुङ उप प्राध्यापक पोखरा विश्वविद्यालय सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा मोटीभेसनल स्पीकर राजन कोइराला, फिल्म लेखक विकास सुवेदी, सिनियर एयरहोस्टेस अस्मीता खनाल, मोडल सोनाम केसी, व्यवसायी तथा समाजसेवी अमित शर्मा, पर्यटन व्यवसायी संगिता रौनीयार, व्यूटीसियन लसता शाक्य रहनु भएको थियो ।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको