सरसफाईकर्मीलाई प्रोत्साहन स्वरुप सम्मान

राहुल गुप्ता, बिरगंज – ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले बिरगंज महानगर पालिकाका सरसफाइ कर्मीहरुलाई प्रोत्साहनका लागी सम्मान गरेको छ । कोभिड -१९ कोरोना भाईरसको कारण बिश्वको जनजीवन त्रासमय भैइ रहेको अवस्थामा नेपालमा पनि यसबाट बच्नको लागी सरकारले चैत्र ११ गते देखि लकडाउन गर्दै आईरहेको र सम्पुर्ण उद्योग , कलकारखाना , यातायात , व्यवसाय , कृषि , पर्यटन व्यवसाय र शैक्षिक क्षेत्र समेत बन्द रहेको छ ।

बिरगंजमा पनि कोरोना भाईरसको संक्रमितहरु देखा परेको अवस्थामा महामारीको जोखिम तथा संक्रमण दिनानुदिन बढदै गैइरहेको बेला पनि बिरगंजमा सरसफाईको काम भने रोकिएको  छैन हरेक दिन आफ्नो ज्यानको बाजी राखेर बिरगंज महानगर पालिकाका सरसफाइ कर्मिहरु दिन रात लागी रहेकोले त्यस्ता सरसफाई कर्मीहरुको मनोबल र हौसला बढाउन प्रोत्साहनका लागी ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले शनिबार उनिहरुलाई खादा ओढाएर फुलको गुच्चा दिएर सम्मान गरेको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भएको थियो ।

सो सम्मान कार्यक्रममा प्रहरी चौकी आदर्शनगरका प्रमुख प्रहरी नायब निरीक्षक सुर्य नारायण चौधरी तथा बिरगंज महानगर पालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाको प्रमुख आतिथ्यमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको थियो । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरु मुकेश खेतान ,बिकाश रुङ्ग्टा, कैलास बजाज, गिल्पेक चन्द्र दारुका, चन्द्र अग्रवाल , रेडियो बिरगंजका कार्यकारि निर्देशक धुर्व साह , सन्चारकर्मी आरके पटे , धिरज दारुका, शिव गुप्ता ,छोटेलाल प्रसाद कुस्वाह लगायतकाको सहभागिता रहेको थियो ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको