काठमाडौँ- गायक कृष्ण समीप सुवेदीले ‘बैँसालु फूल’ बोलको गीत बजारमा ल्याएका छन्। सुवेदीपकै शब्द र सङ्गीत सृजनामा तयार भएको गीतमा संगीत संयोजन कृष्ण केसीको छ भने स्वरमा समीपलाई गायिका दीपिका पौडेलले साथ दिएकी छिन्।
पौडेल नयाँ गायिका हुन्। यसअघि कृष्ण समीपसँगै उनको सलल काली गङ्गा गीत बजारमा आएको थियो। बैँसालु फूलको भिडियोमा मोडल तथा नायिका रजनी गुरुङ्ग, कृष्ण समीप सुवेदी, पौडेल तथा बालकलाकार सिम्रन खरेलको अभिनय रहेको छ।
दुई दशक अघिबाटै नेपाली गीत संगीतमा पाइला चालेका सुवेदीले झन्डै ४०० गीतमा आफूलाई प्रस्तुत गरिसकेका छन्। गायनसँगै लेखन र संगीत भर्ने काम पनि गरिरहेका उनी आफूलाई मोडलको रुपमा प्रस्तुत गर्न थालेका छन्।
गायक कृष्ण समीप रेडियो कार्यक्रम प्रस्तोतासमेत हुन। इमेज एफएममा उनले संचालन गर्ने कार्यक्रम उकालीओराली, इनसाइड स्टोरी र लोकपप लोकप्रिय छन्।
लोकगीततर्फ सिरसिर बतास,चल्न माया चल, सलल काली गङ्गा ,मेरा आँखामा, कोरीयाको चक्कर, माझी दाईको जिन्दगी, कति राम्रो बिहानीको घाम, मनको तिर्खा मेट्न, घाम पानी घमाइलो, जोर बत्ती पालैमा, सिरुपाते खुकुरी, हेर ऐनामा, सिमली छायालेलगायत लोकप्रिय बनेका थिए। आधुनिक तर्फतर्फ मेरो कल्पनामा आउने मान्छे तिमी, भागिहाल्यौ अझै भाग, तिम्रो बाटो मेरो बाटो, सुख दु:ख, सम्झेर आँसु नझार प्यारीलगायत चर्चित बने।
ओ माया बोलन, ए भन्दे बतास, देउराली (एल्बम) तरकारी काउली, पोखरा जाने घुम्ती छ बाटो, पहिलो चोटि अँखा जुद्धा, सिङ्गापुरे सोल्टीको माया लगायत लोकपप विधाका उनका गीत हुन्।