काठमाडौँ – नाराणणी अस्पतालबाट कोरोना संक्रमण निको भएको भन्दै डिस्चार्ज गरिएका रौतहटका एक युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
नारायणी अस्पतालको टोलीले रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई शनिबार साँझ घरबाटै अस्पताल लगेर भर्ना गरेको हो ।
इशनाथ नगरपालिकाका प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताका अनुसार ती युवकको रिपोर्ट शंकास्पद आएकोले फेरि भर्ना गर्नुपरेको जानकारी स्वास्थ्यकर्मीको टोलीले घरपरिवारका सदस्यलाई दिएका छन् ।
बैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएका युवकको १८ गते फेरि घरमै पुगेर स्वास्थ्यकर्मीहरुले नमूना संकलन गरेका थिए ।
