स्वाब संकलन गरिएको ३० जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण, ६० को परीक्षण हुन बाँकी

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकामा एकै दिन नौ जनामा कोरोनाको संक्रमण देखिएको छ । शनिबार ९० जनाको स्वाब संकलन गरिएकोमा ३० जनाको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका सबै एउटै टोलका हुन् ।

अझै ६० जनाको परीक्षण् गर्न बाँकी छ । शुक्रबार एक ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । आइतबार पुष्टि भएकामा ७ वर्षीय बालकदेखि ५८ वर्षका छन् । शनिबार संक्रमण देखिएका पुरुष अजानका लागि जाने गरेको नेपालगञ्ज उपमहानगरपालिका ७ महेन्द्र पार्क टोलका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता एवं कोरोना फोकसल पर्सन नरेश श्रेष्ठले ६० वर्षिय व्यक्तिबाटै अन्यमा संक्रमण सरेको बताए । शुक्रबार कोरोना पुष्टि भएका ती व्यक्ति नेपालगन्ज ५ डिएसपी रोड क्षेत्रका हुन । उनी त्यहाँबाट दैनिक तीन चारपल्ट नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गर्थे । उनी भारतबाट नेपाल फर्किएको स्थानीयले बताएका छन् ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका ६ जना र कार्य क्षेत्रका ९० जनाको स्वाब संकलन गरेर जाँचका लागि भेरी अस्पतालमा पठाइएको थियो । स्थानीय प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी चोक र एकलैनी क्षेत्रलाई पूर्णरुपमा सिल गरिसकेको छ ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको