महिला वा पुरुष भन्नू भन्दा पहिला, मानव हौँ भन्ने स्मरण गरौँ

श्रीना नेपाल 
“ स्त्री मूलं हि धर्म” अर्थात् वास्तवमा नारीहरु नै धर्मका जड हुन् । पवित्र अनुष्ठान गर्न अनि आफू भित्रबाट एउटा नयाँ सृष्टि सृजना गर्ने अधो अनि अद्भुत प्राणी हुन् नारी । आफ्नो सन्तान अनि परिवारलाई उर्जा प्रदान गर्ने साक्षात्कार हुन ।
पुर्खौँदेखि चलि आएको संस्कृति  र मान्यतालाई एउटा पिडीदेखि  अर्को पिडीलाई सात्विक भाव राखेर सिकाउने नारी साचैँ महान हुन्छन् ।

शास्त्रलाई नै सबैभन्दा ठूलो शस्त्र मानी निश्छल श्रद्धा राख्ने सौम्य प्राणी हुन् नारी । आफ्नो सभ्यतालाई आत्मसात गर्दै आफ्नो जिन्दगी अरुको खुसीको लागी समर्पण गर्ने शक्ति हुन्छ नारीसगँ, त्यसैले त आफूले जन्मिएदेखि पाएको वात्सल्यलाई समेत त्याग्न सक्छन् । प्राचीन समयदेखि  नै नारीलाई माया दया अनि क्षमाको प्रतिक मानिदै आएको छ । आफ्नो पाइला जता राखे पनि त्यहीबाट नयाँ सृष्टिको रचना गर्ने अनि हरेक ऋतुलाई उर्जामय बनाउने गर्छिन् ।

आज मेरो मनमा अन्तर्द्वन्द चलिरहेको छ ! यति अलौकिक शक्तिकि खानीमाथि बारम्बार किन प्रश्न उठाइन्छ ? उनीहरुको महत्वाकांक्षालाई किन विक्षिप्त बनाइन्छ ? हरेक क्षेत्रमा नारी हुन् भन्ने भाव किन राखिन्छ, अनि उनीहरुको योग्यताको परिक्षण नै नगरी अस्विकार गरिन्छ । कोशिस गर्ने महिला त निराश हुन्छन् नै तर अरु कोशिसको कदम समेत उचाल्न चाहदैनन् । सामाजिक परिस्थिति र बाध्यता भनि हात बाधेर बसेर परिवर्तन हुदैन भन्ने कुराबाट हामी सबै साक्षत्कार छौँ । सबै परिवर्तन भएको हेर्न चाहने तर आफू परिवर्तन हुन नचाहनेहरुको भिड बढि भएकै कारण २१ औं शताब्दीमा भएता पनि यो परिस्थिति भोग्नु परेको हो ।

मलाई अचम्म लाग्ने कुरा त के हो भने, मेरा केही महिला मित्रहरु आफ्नो आमाबुवाले आफूलाई छोरा भनेर सम्बोधन गर्दा आफूमा गर्व गर्नुहुन्छ ! किन हामी आफै स्त्री जाति हुँदा गर्व गर्दैनौँ ? रजस्वला जस्तो नारीत्वको प्रतीकलाई उत्सव ठान्दैनौँ ? किन हामी समाजको अनुचित नियमलाई साथ दिन्छौं ?

मेरो आश्चर्य यति मै सिमित छैन ! कट्टरपन्थी नारीवादी जो आफू पुरुषभन्दा माथी हुन चाहन्छन् । संस्कार अनि सभ्यताको श्रृङ्गारलाई भुलि आफ्नो शरीरलाई श्रृङ्गारी नारीवादको नारा लगाउँछन् । दैनिक दिन चर्याको आवश्यकताको सीप नसिकी आफूहरुलाई २१औं शताब्दीको प्रगतिशील नारी सम्झन्छन् । कट्टरपन्थी नारीवादी अनि नारीवादीमा अत्यन्तै अन्तर छ ! नारीवादको मुल उदेश्य महिलालाई पुरुष भन्दा ठूलो देखाउनु होइन ! महिलालाई र पुरुष सम्मान हुन् भन्ने हो । हामीले समानता अनि समताको अन्तर अनि महत्त्व पनि बुझ्न जरुरी छ ।

नारी वा पुरुष दुबैजनाले घरेलु सीप सिक्न आवश्यक छ ! महिला र पुरुष एकअर्काका महत्त्वपूर्ण पुरक हुन । एकको अनुपस्थितीमा अर्कोको अस्तित्व असम्भव छ । त्यसैले चिन्तन गर्नुपर्ने कुरा के हो भने  एकअर्कालाई महिला वा पुरुष भन्नू भन्दा अगाडि मानव हो भनेर स्मरण गर्न जरुरी देखिन्छ । अनि नारीहरुले आफ्नो नारीत्वलाई गर्व साथ अपनाउन जरुरी छ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको