महिला वा पुरुष भन्नू भन्दा पहिला, मानव हौँ भन्ने स्मरण गरौँ

श्रीना नेपाल 
“ स्त्री मूलं हि धर्म” अर्थात् वास्तवमा नारीहरु नै धर्मका जड हुन् । पवित्र अनुष्ठान गर्न अनि आफू भित्रबाट एउटा नयाँ सृष्टि सृजना गर्ने अधो अनि अद्भुत प्राणी हुन् नारी । आफ्नो सन्तान अनि परिवारलाई उर्जा प्रदान गर्ने साक्षात्कार हुन ।
पुर्खौँदेखि चलि आएको संस्कृति  र मान्यतालाई एउटा पिडीदेखि  अर्को पिडीलाई सात्विक भाव राखेर सिकाउने नारी साचैँ महान हुन्छन् ।

शास्त्रलाई नै सबैभन्दा ठूलो शस्त्र मानी निश्छल श्रद्धा राख्ने सौम्य प्राणी हुन् नारी । आफ्नो सभ्यतालाई आत्मसात गर्दै आफ्नो जिन्दगी अरुको खुसीको लागी समर्पण गर्ने शक्ति हुन्छ नारीसगँ, त्यसैले त आफूले जन्मिएदेखि पाएको वात्सल्यलाई समेत त्याग्न सक्छन् । प्राचीन समयदेखि  नै नारीलाई माया दया अनि क्षमाको प्रतिक मानिदै आएको छ । आफ्नो पाइला जता राखे पनि त्यहीबाट नयाँ सृष्टिको रचना गर्ने अनि हरेक ऋतुलाई उर्जामय बनाउने गर्छिन् ।

आज मेरो मनमा अन्तर्द्वन्द चलिरहेको छ ! यति अलौकिक शक्तिकि खानीमाथि बारम्बार किन प्रश्न उठाइन्छ ? उनीहरुको महत्वाकांक्षालाई किन विक्षिप्त बनाइन्छ ? हरेक क्षेत्रमा नारी हुन् भन्ने भाव किन राखिन्छ, अनि उनीहरुको योग्यताको परिक्षण नै नगरी अस्विकार गरिन्छ । कोशिस गर्ने महिला त निराश हुन्छन् नै तर अरु कोशिसको कदम समेत उचाल्न चाहदैनन् । सामाजिक परिस्थिति र बाध्यता भनि हात बाधेर बसेर परिवर्तन हुदैन भन्ने कुराबाट हामी सबै साक्षत्कार छौँ । सबै परिवर्तन भएको हेर्न चाहने तर आफू परिवर्तन हुन नचाहनेहरुको भिड बढि भएकै कारण २१ औं शताब्दीमा भएता पनि यो परिस्थिति भोग्नु परेको हो ।

मलाई अचम्म लाग्ने कुरा त के हो भने, मेरा केही महिला मित्रहरु आफ्नो आमाबुवाले आफूलाई छोरा भनेर सम्बोधन गर्दा आफूमा गर्व गर्नुहुन्छ ! किन हामी आफै स्त्री जाति हुँदा गर्व गर्दैनौँ ? रजस्वला जस्तो नारीत्वको प्रतीकलाई उत्सव ठान्दैनौँ ? किन हामी समाजको अनुचित नियमलाई साथ दिन्छौं ?

मेरो आश्चर्य यति मै सिमित छैन ! कट्टरपन्थी नारीवादी जो आफू पुरुषभन्दा माथी हुन चाहन्छन् । संस्कार अनि सभ्यताको श्रृङ्गारलाई भुलि आफ्नो शरीरलाई श्रृङ्गारी नारीवादको नारा लगाउँछन् । दैनिक दिन चर्याको आवश्यकताको सीप नसिकी आफूहरुलाई २१औं शताब्दीको प्रगतिशील नारी सम्झन्छन् । कट्टरपन्थी नारीवादी अनि नारीवादीमा अत्यन्तै अन्तर छ ! नारीवादको मुल उदेश्य महिलालाई पुरुष भन्दा ठूलो देखाउनु होइन ! महिलालाई र पुरुष सम्मान हुन् भन्ने हो । हामीले समानता अनि समताको अन्तर अनि महत्त्व पनि बुझ्न जरुरी छ ।

नारी वा पुरुष दुबैजनाले घरेलु सीप सिक्न आवश्यक छ ! महिला र पुरुष एकअर्काका महत्त्वपूर्ण पुरक हुन । एकको अनुपस्थितीमा अर्कोको अस्तित्व असम्भव छ । त्यसैले चिन्तन गर्नुपर्ने कुरा के हो भने  एकअर्कालाई महिला वा पुरुष भन्नू भन्दा अगाडि मानव हो भनेर स्मरण गर्न जरुरी देखिन्छ । अनि नारीहरुले आफ्नो नारीत्वलाई गर्व साथ अपनाउन जरुरी छ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको