नेपालगन्ज – लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनको लागि पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए।
