काठमाडौं- विगत केही दिनदेखि जारी मौसमको बदली अझै केही दिनसम्म रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको बताएको छ।
अहिले देशको पश्चिमी भुभागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ महाखाशाले आगामी २४ घण्टा पश्चिमी, मध्य र पूर्वमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेतना अपनाउन आग्रह गरेको छ ।मंगलबार बिहान सुदूरपश्चिमका सबै भेगमा वर्षा भएको पनि जनाएको छ । अन्य क्षेत्रमा पनि दिनभरमा वर्षा हुने महाशाखाले जनाएको छ ।