लकडाउनमा भारतबाट नेपालमा लागुऔषध ल्याई कारोबार गर्ने एक पक्राउ

महोत्तरी – भारतबाट नेपाल लागुऔषध ल्याई कारोबार गर्ने एकजनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रदेश प्रहरीबाट खटेको विशेष टोलीले सुचनाको आधारमा लागुऔषधको कारोबार गर्ने जलेश्वर नगरपालिका वडानं. ४ मसुरपट्टीबाट लागुऔषध कारोबार गर्ने सोही ठाउँ निवासी ३२ वर्षिय दिपेश कुमार पाण्डेयलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पाण्डेयलाई सार्वजनिक गर्नुहुदै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले लामो समयदेखि लागुऔषधको कारोबारमा संलग्न रहेको सुचनाको आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले लागुऔषध एसिपोन लेखिएको १०० एमएलको बोतल ५० थान, स्पास्मो ६ पातामा १४४ पिस, नाइट्रोभेट १० लेखेको २० पातामा ३०० पिस टयाबलेट वरामद गरेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

लकडाउनको अवसरमा सिमाक्षेत्र पूर्ण रुपमा बन्द गरिएपनि उनी चोरी निकासी गर्दै ल्याउने गरेको भन्दै प्रहरी उपरिक्षक अधिकारीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौं, उनको समुहमा भएकाहरुको पनि खोजतलाश गरिरहेका छौं ।’ उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको उनले जानकारी दिए  ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको