काठमाडौँ लिजेण्ड्सले लाङटाङ एप्पल फार्म राइड आयोजना गर्ने

काठमाडौँ लिजेण्ड्सले एप्पल फार्म राइड आयोजना गर्ने भएको छ।  बिहिबार नक्सालस्थित रोयल एनफिल्डको सोरूममा पत्रकार सम्मेलन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जसम्मको बाइक राइड आयोजना गर्न लागेको हो।

रोप्यल एनफिल्डको सहयोगमा आगामी सेप्टेम्बर १३ देखि १५ अर्थात भदौ २८ देखि ३० गतेसम्म हुने सो राइडमार्फत सो क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको छ।

 रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेल र काठमाडौं लिजेन्ड्सका अध्यक्ष रमेश अवाले लगायत टिमले राइडका लागि तयार गरिएको टिसर्ट र स्टिकर सार्वजनिक गरे ।

लगभग ६० भन्दा बढी रोयल इन्फिल्ड बाइकर्सहरु सहभागी हुने सो कार्यक्रममा सहभागीहरु स्थानीय होम स्टे र टेन्टमा बस्नेछन् भने स्थानीय आमा समूहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरुको व्यवस्था गर्ने जानकारी दिए ।

काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाईँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज १९७६ मा यस क्षेत्रको विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापित गरिएको हो ।

यो निकुञ्ज तीन जिल्लामा फैलिएको छ, जसमा नुवाकोट, रसुवा र सिन्धुपाल्चोक पर्दछन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका मनमोहक दृश्यहरू, पुराना सल्ला, धुपी र गुराँसका वनहरू छन् । त्यस्तै यो क्षेत्रमा पवित्र खोला नाला देखि उच्च उचाइमा पर्ने पवित्र तालहरू जस्तै विश्व प्रसिद्ध पवित्र गोसाइँकुण्ड ताल र लाङटाङ, गणेश र लिरुङ हिमालहरु पनि पर्दछन । निकुञ्जलाई संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालू, बाह्र सिंगे लगायतका विभिन्न जातका मृगहरू, चित्तल, घोरल आदि र २५० भन्दा बढी प्रजातिका चरा लगायतका जनावरहरूको लागि समेत प्रख्यात छ ।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको