काठमाडौँ लिजेण्ड्सले लाङटाङ एप्पल फार्म राइड आयोजना गर्ने

काठमाडौँ लिजेण्ड्सले एप्पल फार्म राइड आयोजना गर्ने भएको छ।  बिहिबार नक्सालस्थित रोयल एनफिल्डको सोरूममा पत्रकार सम्मेलन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जसम्मको बाइक राइड आयोजना गर्न लागेको हो।

रोप्यल एनफिल्डको सहयोगमा आगामी सेप्टेम्बर १३ देखि १५ अर्थात भदौ २८ देखि ३० गतेसम्म हुने सो राइडमार्फत सो क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको छ।

 रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभका डाइरेक्टर मेघराज पौडेल र काठमाडौं लिजेन्ड्सका अध्यक्ष रमेश अवाले लगायत टिमले राइडका लागि तयार गरिएको टिसर्ट र स्टिकर सार्वजनिक गरे ।

लगभग ६० भन्दा बढी रोयल इन्फिल्ड बाइकर्सहरु सहभागी हुने सो कार्यक्रममा सहभागीहरु स्थानीय होम स्टे र टेन्टमा बस्नेछन् भने स्थानीय आमा समूहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरुको व्यवस्था गर्ने जानकारी दिए ।

काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाईँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज १९७६ मा यस क्षेत्रको विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापित गरिएको हो ।

यो निकुञ्ज तीन जिल्लामा फैलिएको छ, जसमा नुवाकोट, रसुवा र सिन्धुपाल्चोक पर्दछन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका मनमोहक दृश्यहरू, पुराना सल्ला, धुपी र गुराँसका वनहरू छन् । त्यस्तै यो क्षेत्रमा पवित्र खोला नाला देखि उच्च उचाइमा पर्ने पवित्र तालहरू जस्तै विश्व प्रसिद्ध पवित्र गोसाइँकुण्ड ताल र लाङटाङ, गणेश र लिरुङ हिमालहरु पनि पर्दछन । निकुञ्जलाई संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालू, बाह्र सिंगे लगायतका विभिन्न जातका मृगहरू, चित्तल, घोरल आदि र २५० भन्दा बढी प्रजातिका चरा लगायतका जनावरहरूको लागि समेत प्रख्यात छ ।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको