सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं – वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो शनिबार कमलपोखरीको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजित एक समारोमा सार्वजनिक गरिएको हो । गीतमा सुबानी मोक्तान र निर्णय श्रेष्ठको स्वर छ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि सांसद भगवती चौधरी, डा.रेखा यादव, किरणकुमार शाह, सराज अहमद फारुकी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वर्ल्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल लगायतले भिडियो सार्वजनिक गरेका थिए ।

कोरियोग्राफर तथा मोडल आराध्यलक्ष्मी खड्गीले निर्देशन गरेको यस भिडियोमा चर्चित नेपाली ¥यापर निर्णय (एनएसके) र ‘मिस नेपाल अर्थ २०२२’ डा.सरिशा श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

सोहन मानन्धरले छायांकन तथा सम्पादन गरेको उक्त भिडियो कुलेखानीमा छायांकन गरिएको हो । । भिडियोमा विविता पाण्डे, श्रीकृति बलामी, झरना रेग्मी, सुनिता खड्का र कृति बलामीको नृत्य रहेको छ ।

यसअघि उक्त भिडियो नेपाललाई एडभेन्चर हबको रूपमा प्रवर्द्धन गर्न पोखराको सारङ्गकोटबाट प्याराग्लाइडिङ उडान गरी १९०० मिटरको उचाइबाट पोस्टर र म्युजिक भिडियो सार्वजनिक गरि विश्व रेकर्ड राख्न सफल भएको थियो ।  यस गीतमार्फत गीतकार प्रधानले दोश्रोपटक विश्व कीर्तिमान राख्न सफल भएका छन् ।

सिफारिस

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित...

भर्खरै

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

कांग्रेस महाधिवेशनमा जितेन्द्र महर्जन ‘पारस’को केन्द्रीय सदस्यमा उम्मेदवारी

ललितपुर - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ललितपुरका कांग्रेस नेता...

धेरै पढिएको