सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं – वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो शनिबार कमलपोखरीको सिटी सेन्टरस्थित फुडकोर्टमा आयोजित एक समारोमा सार्वजनिक गरिएको हो । गीतमा सुबानी मोक्तान र निर्णय श्रेष्ठको स्वर छ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि सांसद भगवती चौधरी, डा.रेखा यादव, किरणकुमार शाह, सराज अहमद फारुकी, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र वर्ल्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कट्वाल लगायतले भिडियो सार्वजनिक गरेका थिए ।

कोरियोग्राफर तथा मोडल आराध्यलक्ष्मी खड्गीले निर्देशन गरेको यस भिडियोमा चर्चित नेपाली ¥यापर निर्णय (एनएसके) र ‘मिस नेपाल अर्थ २०२२’ डा.सरिशा श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

सोहन मानन्धरले छायांकन तथा सम्पादन गरेको उक्त भिडियो कुलेखानीमा छायांकन गरिएको हो । । भिडियोमा विविता पाण्डे, श्रीकृति बलामी, झरना रेग्मी, सुनिता खड्का र कृति बलामीको नृत्य रहेको छ ।

यसअघि उक्त भिडियो नेपाललाई एडभेन्चर हबको रूपमा प्रवर्द्धन गर्न पोखराको सारङ्गकोटबाट प्याराग्लाइडिङ उडान गरी १९०० मिटरको उचाइबाट पोस्टर र म्युजिक भिडियो सार्वजनिक गरि विश्व रेकर्ड राख्न सफल भएको थियो ।  यस गीतमार्फत गीतकार प्रधानले दोश्रोपटक विश्व कीर्तिमान राख्न सफल भएका छन् ।

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको