काठमाडौँ- सरकारले भारतीय सिमानाबाट पाँच किलोमिटर दूरीमा नेपाली सेनाको गस्ती टोली परिचालन गर्ने भएको छ । दक्षिणतर्फका नाका सिल गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि भारतीयबाट आक्रमण र दुर्व्यवहारका घटना हुनुका साथै अवैध प्रवेश नरोकिएपछि गृहमन्त्री स्तरीय निर्णयबाट सेना परिचालन गर्न लागिएको हो ।
यसका लागि गृह मन्त्रालयले मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।तेस्रो तहमा सेनालाई तैनाथ गराउँदा जबर्जस्ती अवैध प्रवेश गर्नेका लागि मनोवैज्ञानिक त्राससमेत सिर्जना हुने गृहको बुझाइ छ ।
