आहा ! मनै लोभ्याउने ताप्लेजुङको तिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ – चार हजार ३ सय ३५ मिटर उचाइमा रहेको तिम्बुङ पोखरी-कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य हो । कतिपयले यो ठाउँलाई पूर्वको गोसाइकुण्ड भनेर पनि चिन्छन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा पर्ने यो पोखरी प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ।

चट्टानले घेरिएको यो पोखरी निकै सुन्दर देखिन्छ । फराकिलो पोखरीआसपासको दृश्य उत्तिकै सुन्दर मानिन्छ । पोखरीको भित्तामा केन्जो फुलेको देख्न सकिनेछ । पत्रपत्र भएको अग्लो केन्जो फूल निकै आकर्षक मानिन्छ ।

पछिल्ला वर्षमा यहाँ आउनेको संख्या बढ्दै गएको उनले सुनाए । झ्वाट्ट सुन्दा बर्खे झरीमा तीन चार दिनसम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरीसम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै रहुँजस्तो लाग्ने धार्मिक, जैविक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरीमा वर्षेनी साउनदेखि असोज महिनासम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गर्छ ।  

हिमालको काखमा रहेको सुन्दर पोखरी, विभिन्न प्रजातिका लेकाली जडीबुटी र फूलको बास्ना, लेकाली वन्यजन्तु र पक्षीका सुमधुर आवाज, कतै फराकिला नागी चउर त कतै आङ नै जिरिङ्ग हुने चट्टाने पहरा, छुट्टै दुनियाँ जस्तो लाग्ने चौरी गोठालेको जिन्दगी तिम्बुङ यात्राका मुख्य सौन्दर्य हुन् । यहाँ पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिख्मा, कुटी, खोकिम जस्ता फूल र जडीबुटी पाइन्छ ।  

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको