सांसद प्रदीप यादवले दिए एम्बुलेन्स चालकलाई पिपिई सेट तथा आवश्यक सामग्री

राहुल गुप्ता, वीरगंज – वीरगंजमा बुधबार कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगंजको नारायणी अस्पतालमा पिपिई सेट प्रदान गरेका छन् । पर्सा जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि कोरोना संक्रमित बिरामीलाई चेकजाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभाव हुन नदिन सांसद यादव बिहीबार आफ्नो निवासमै बोलाएर नारायणी अस्पतालका चिकित्सक एवं कोरोना उपचारका कोर्डिनेटर डा. उदय नारायण सिंहलाई पिपिई सेट हस्तान्तरण गरेका हुन् ।

वीरगंजमा बुधबार १७ जनामा थप कोरोना संक्रमित पुष्टि भएपछि नारायणी अस्पतालमा उपचाररत कुल कोरोना संक्रमितको संख्या २८ पुगेको छ । जिल्लामा कोरोना संक्रमित बढेसंगै निरन्तर संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थयकर्मीहरु कोरोना संक्रमणको जोखिमबाट जोगिएर कोरोना महामारीलाई रोक्न सकुन भने उदेश्यसहित स्वास्थयकर्मीहरुलाई पिपिई सेट वितरण गरेको सांसद यादवले बताए ।

त्यसै गरी अहिले बीरगन्ज क्षेत्रमा परिचालित रहेका १० वटा एम्बुलेन्सका चालकलाई सान्सद यादवले आवश्यक सुरक्षा सामग्री बितरण गरेका छन । प्रत्येक एम्बुलेन्स चालकलाई पिपिइ ड्रेस, गम बुट, पंजा, कैंप चस्मा र सेनिटाइजर उनले उपलब्ध गराएका हुन । बुधबार (हिजो) मात्रै वीरगंजका एकै परिवारको १७ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोनाको उच्च जोखिममा रहेको वीरगंज कोरोना फैलिन नदिन आवश्यक पर्ने हरेक सामग्री उपल्ब्ध गराउन आफू तत्पर रहेको सांसद यादवले बताए ।

पर्साबासीको लागि मात्रै होइन, देशका सम्पूर्ण जनतालाई कोरोना जस्तो भ्यावह महामारीबाट जोगाउन चिकित्सकहरुले निर्वाह गरिहेको भूमिका समस्त देशबासीकै लागि कल्याणकारी रहेको बताउँदै सांसद यादवले कोरोना विरामी चेकजाँच गर्ने चिकित्सकलाई सुरक्षाका निम्ति सम्पूर्ण स्वास्थय सामग्री उपलब्ध गराउन संघीय सरकारसंग मांग पनि गरे ।

कोरोना भाइरसको लडाईमा आम सर्वसाधारण जनता सजगताका साथ यसबाट बच्ने हरेक उपाय अपनाई यसको रोकथाम गर्ने लडाईमा आम जनताले पनि उतरदायि भूमिका खेल्नु पर्ने नागरिक कर्तव्य रहेको सांसद यादवको भनाई छ । नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिन–१९) चेकजाँच गर्न चिकित्सकले प्रयोग गर्ने पिपिई सेटको अभाव भईरहेको बेला चिकित्सक तथा आम जनताको सुरक्षाका निम्ति सांसद यादवले पिपिई सेट वितरण गरेको काम धेरै नै सरहानीय भएको छ ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको