सांसद प्रदीप यादवले दिए एम्बुलेन्स चालकलाई पिपिई सेट तथा आवश्यक सामग्री

राहुल गुप्ता, वीरगंज – वीरगंजमा बुधबार कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगंजको नारायणी अस्पतालमा पिपिई सेट प्रदान गरेका छन् । पर्सा जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि कोरोना संक्रमित बिरामीलाई चेकजाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभाव हुन नदिन सांसद यादव बिहीबार आफ्नो निवासमै बोलाएर नारायणी अस्पतालका चिकित्सक एवं कोरोना उपचारका कोर्डिनेटर डा. उदय नारायण सिंहलाई पिपिई सेट हस्तान्तरण गरेका हुन् ।

वीरगंजमा बुधबार १७ जनामा थप कोरोना संक्रमित पुष्टि भएपछि नारायणी अस्पतालमा उपचाररत कुल कोरोना संक्रमितको संख्या २८ पुगेको छ । जिल्लामा कोरोना संक्रमित बढेसंगै निरन्तर संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थयकर्मीहरु कोरोना संक्रमणको जोखिमबाट जोगिएर कोरोना महामारीलाई रोक्न सकुन भने उदेश्यसहित स्वास्थयकर्मीहरुलाई पिपिई सेट वितरण गरेको सांसद यादवले बताए ।

त्यसै गरी अहिले बीरगन्ज क्षेत्रमा परिचालित रहेका १० वटा एम्बुलेन्सका चालकलाई सान्सद यादवले आवश्यक सुरक्षा सामग्री बितरण गरेका छन । प्रत्येक एम्बुलेन्स चालकलाई पिपिइ ड्रेस, गम बुट, पंजा, कैंप चस्मा र सेनिटाइजर उनले उपलब्ध गराएका हुन । बुधबार (हिजो) मात्रै वीरगंजका एकै परिवारको १७ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोनाको उच्च जोखिममा रहेको वीरगंज कोरोना फैलिन नदिन आवश्यक पर्ने हरेक सामग्री उपल्ब्ध गराउन आफू तत्पर रहेको सांसद यादवले बताए ।

पर्साबासीको लागि मात्रै होइन, देशका सम्पूर्ण जनतालाई कोरोना जस्तो भ्यावह महामारीबाट जोगाउन चिकित्सकहरुले निर्वाह गरिहेको भूमिका समस्त देशबासीकै लागि कल्याणकारी रहेको बताउँदै सांसद यादवले कोरोना विरामी चेकजाँच गर्ने चिकित्सकलाई सुरक्षाका निम्ति सम्पूर्ण स्वास्थय सामग्री उपलब्ध गराउन संघीय सरकारसंग मांग पनि गरे ।

कोरोना भाइरसको लडाईमा आम सर्वसाधारण जनता सजगताका साथ यसबाट बच्ने हरेक उपाय अपनाई यसको रोकथाम गर्ने लडाईमा आम जनताले पनि उतरदायि भूमिका खेल्नु पर्ने नागरिक कर्तव्य रहेको सांसद यादवको भनाई छ । नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिन–१९) चेकजाँच गर्न चिकित्सकले प्रयोग गर्ने पिपिई सेटको अभाव भईरहेको बेला चिकित्सक तथा आम जनताको सुरक्षाका निम्ति सांसद यादवले पिपिई सेट वितरण गरेको काम धेरै नै सरहानीय भएको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको