जाने हैन त ? सैलुङ घुम्न (तस्वीरहरू)

रामेछाप- रामेछाप र दोलखाको सिमानामा रहेको सैलुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय पवित्र भूमि हो । यो ठाउँ हिन्दु र वौद्ध धर्मालम्बिका लागि पवित्र धार्मिक तिर्थस्थल हाे । सुन्दर पर्यटकीय स्थल हो । देश विदेशका सबै जात, धर्म र समुदायका लागि रमणीय, भ्रमण गर्न लायक स्वर्गभूमि हो ।

काठमाडौंबाट उत्तरपूर्व १२० किलोमिटरमा पर्ने सैलुङ् समुद्र सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेको छ। कुन्ती मोक्तानले गाएको चर्चित गीत ‘माथि-माथि सैलुङेमा चौरी डुलाउने लाई..’ पनि यही ठाउँलाई लिएर गाइएको हो ।

 सैलुङको अर्को विशेषता भनेको समय अनुसार यसले आफ्नो रुप परिवर्तन पनि गरिरहन्छ । यो भूमिलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने सैलुङ वर्षामा एकैक्षणमा घाम त एकै क्षणमा कुहिरोसँग लुकामारी खेल्छ र त्यहाँ घुम्न जानेलाई स्वर्गीय आनन्द दिन्छ ।

सैलुङबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, ग‌णेश, लाङटाङ गौरीशंकर हिमाल छर्लङ देख्‍न पाइन्छ । सैलुङ महाभारत पर्वत श्रृंखलाको अग्लो ठाउँ हो । सयभन्दा बढी प्रजातिका जडिबुटीका साथै विभिन्न प्रजातिका फूल तथा पुतलीहरु यहाँ पाइन्छन् । चौरी, डाँफे र मुनाल यहाँ देख्न सकिन्छ । सैलुङमा १०८ वटा थुम्का छन्। यहाँ सैलुंगेश्वर महादेव, गुप्तेश्‍वर महादेव, बुद्धको पाइला,भीमसेनको तरबार, डाँफे ढुंगा, पृथ्वीको नाइटो जस्ता धार्मिक महत्व बोकेका स्थलहरु छन् ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको