जाने हैन त ? सैलुङ घुम्न (तस्वीरहरू)

रामेछाप- रामेछाप र दोलखाको सिमानामा रहेको सैलुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय पवित्र भूमि हो । यो ठाउँ हिन्दु र वौद्ध धर्मालम्बिका लागि पवित्र धार्मिक तिर्थस्थल हाे । सुन्दर पर्यटकीय स्थल हो । देश विदेशका सबै जात, धर्म र समुदायका लागि रमणीय, भ्रमण गर्न लायक स्वर्गभूमि हो ।

काठमाडौंबाट उत्तरपूर्व १२० किलोमिटरमा पर्ने सैलुङ् समुद्र सतहदेखि ३ हजार १ सय ४६ मिटरको उचाइमा रहेको छ। कुन्ती मोक्तानले गाएको चर्चित गीत ‘माथि-माथि सैलुङेमा चौरी डुलाउने लाई..’ पनि यही ठाउँलाई लिएर गाइएको हो ।

 सैलुङको अर्को विशेषता भनेको समय अनुसार यसले आफ्नो रुप परिवर्तन पनि गरिरहन्छ । यो भूमिलाई हिउँदमा हिउँले ढाक्छ, वर्षामा कुहिरोले । हिउँदमा हिउँसँग लुकामारी खेल्ने सैलुङ वर्षामा एकैक्षणमा घाम त एकै क्षणमा कुहिरोसँग लुकामारी खेल्छ र त्यहाँ घुम्न जानेलाई स्वर्गीय आनन्द दिन्छ ।

सैलुङबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, ग‌णेश, लाङटाङ गौरीशंकर हिमाल छर्लङ देख्‍न पाइन्छ । सैलुङ महाभारत पर्वत श्रृंखलाको अग्लो ठाउँ हो । सयभन्दा बढी प्रजातिका जडिबुटीका साथै विभिन्न प्रजातिका फूल तथा पुतलीहरु यहाँ पाइन्छन् । चौरी, डाँफे र मुनाल यहाँ देख्न सकिन्छ । सैलुङमा १०८ वटा थुम्का छन्। यहाँ सैलुंगेश्वर महादेव, गुप्तेश्‍वर महादेव, बुद्धको पाइला,भीमसेनको तरबार, डाँफे ढुंगा, पृथ्वीको नाइटो जस्ता धार्मिक महत्व बोकेका स्थलहरु छन् ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको