७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार कलाकारको धिमे बाजामा नृत्य प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ – काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरुको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरिएको हो । बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो । यसपछि चिगो (सानो धिमे), घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गरिएको हो । बादन र नृत्यको सुदनमान मुनिकारले निर्देशन गरेका हुन् ।

मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी रहेको थियो । यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आएका थिए ।

यससँगै झोछेँ प्रवेश मार्गतर्फ १२५ जना कलाकारले फ्युजन अर्केष्ट्रा प्रस्तुत गरिएको थियो । स्थानीय खलपुचःका बाद्यबादन समूह, नेपाल प्रहरी संगीत विद्यालयको प्रहरी व्याण्ड, नेपाली सेनाको गुर्जु पल्टन, कुटुम्ब व्याण्ड, भ्याइलिन समूहसँगै पहिलो पटक दबदब समूहको अर्केष्ट्रामा बादन प्रस्तुत भएको थियो । बादनमा चर्या नृत्य, मयुर नृत्य, नेवारी नृत्य प्रस्तुत गरिएका थिए ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको थियो । विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी थियो । अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम हिजो सम्पन्न गरिएको हो ।

सांस्कृतिक क्रियाकलापमार्फत पर्यटन प्रवर्धनको उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बादन, गायन र नृत्यसँगै हस्तकला तथा नेपाली उत्पादनका सामग्रीको प्रदर्शनी, मौलिक खानाका स्टलहरु राखिएका थिए ।

यसबेला वसन्तपुर घुम्न आउने पर्यटकलाई वग्गीमा राखेर घुमाइएको थियो । यस्तै औपचारिक कार्यक्रम अवसरमा आइपुगेका पर्यटकलाई अतिथिका रुपमा आसन ग्रहण गराएर नेपाली टोपीले स्वागत गरिएको थियो ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको