तिहारको दोस्रो दिन आज देशभर कुकुरको पूजासहित मीठामीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। यसै अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बिहीबार आयोजित कार्यक्रममा कुकुरको पूजा गरिएको हो।
अपराध अनुसन्धानमा सघाउ पुर्याउने कुकुरको योगदान र महत्त्वलाई विशेष सम्मान दिएर प्रहरीले कुकुर तिहार मनाएको हो ।
प्रहरी केन्द्रीय कार्यालयमा कुकुरले अनुसन्धानमा कसरी सहयोग गर्छ भन्ने विषयमा पनि प्रदर्शनी गरिएको थियो । त्यस अवसरमा ‘टाइगर’ नामक कुकुर सर्वाेत्कृष्ट हुन सफल भयो । कार्यक्रममा कुकुरलाई पूजा गरी फूलमाला र मिठाई प्रदान गरिएको थियो ।





